Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ


लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरु कुनै नरहेको बताएका छन् ।

शुक्रवार राजधानीमा आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । उनकाअनुसार ३० दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भुमिका खेलेको छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरुलाई सक्षम बनाएको समेत श्रेष्ठले बताएका छन् । उपाध्यक्ष श्रेष्ठले लघुवित्तका कारण वित्तीय पहुँच बढेको बताउँदै राजनीति स्र्वथ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताएका छन् तर अहिले स्थीति सामान्यकरण भइसकेको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले भने,‘नेपालमा समस्याहरु छन् । नेपालमा समस्या नभएको ठाउँ नै छैन । यति धेरै समस्या छन् समस्या सुन्दा सुन्दै समस्या पुराण जस्तो छ र यति धेरै समस्याको हामीले नै समाधान गर्नुपर्छ । कसैले समाधान गरिँदैन । लघुवित्त संस्थामा पनि विगतमा तिब्र विस्तार भयो, त्यससँगै केही समस्या सिर्जना भए । अहिले अलि मत्थरसँगै सुदृढीकरण पनि भएको छ । त्यो अनुसार अझ नयाँ ढंगले अघि बढ्नुपर्ने स्थीति पनि छ । ३० वर्षअघि जुन अवस्था थियो, त्यो भन्दा धेरै अघि बढिसकेका छौं । समाज परिवर्तन भएको छ । बसाइसराइ तिव्र छ । गाउँबाट शहर हुँदै विदेश तिर बसाइसराइ छ । समाजमा धेरै परिर्वतन आएको छ गरिबि पनि घटेको छ । त्यसमा लघुवित्तको भुमिकालाई नकार्न मिल्दैन । लघुवित्तले गरिवि हटाउन राम्रो भूमिका खेलेको छ । तीन वर्ष अघिसम्म कुनै बेला १०० जना जम्मा हुँदा ५० जना गरिब थियौँ । अहिले नयाँ मापदण्ड अनुसार १०० मा २० जना जति गरिब छौं । पुरानैलाई आधार मान्ने हो भने पनि अहिले हामी ४ प्रतिशतको गरिबीमा झरेका छौं । अहिले हामीलाई मोबाइल फोन भएन भने गरिब हुने स्थिति छ । हिजो मोबाइल फोन चाहिँदैन्थ्यो । अहिलेका हाम्रा आवश्यकताहरु विस्तारै परिवर्तन भएका छन् । सुचनाप्रविधिको विकासले सहयोग गरेको छ । उपभोग गर्ने शैली पनि बढाएको छ । हामी दक्षिण एशियामा गरिबीको सुधार गर्ने देशमा पछौँ । हाम्रो मानव विकास सूचांकमा पनि सुधार भएको छ । त्यति हुँदाहुँदै पनि हामी सन्तोष छैनौँ । राजनीतिक अस्थीरताले हामीलाई धेरै गाँजेको अवस्था छ । लघुवित्तमार्फत महीलालाई वित्तय स्रोत बढेको छ । वित्तीय पहुँच बढेको छ । बिना धितो ऋण दिने कुनै संस्था छ भने लुघवित्त संस्था हो । अरु संस्थाले कमै दिन्छन् । बिचमा केही विकृति विसँगती आए । अहिले केही राजनीति उद्देश्यले केही भड्काउन गर्ने काम पनि भएको छ । लघुवित्तका सदस्यहरु चनाखो हुनुपर्छ ।’

उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । उनकाअनुसार महिला सशक्तिकरण, वित्तिय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ ।

ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भुमिका खेलेको बताउँदै लघुवित्तमा रहेका समस्याहरु हल गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

यादवले भने‘लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भुमिका खेलेको छ । महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । जो व्यक्तिसँग धितो दिने क्षमता छैन, अन्य बैंकबाट सेवा लिने अवस्था नभएकालाई वित्तीय, गैर वित्तीय सेवा लघुवित्तले दिएको छ ।’

लघुवित्तलाई परेका समस्यालाई राज्यले गम्भीर रुपमा हेर्नुपर्नेमा उनको जोड रहेको छ ।


प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?