Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन


३० वैशाख ,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।

भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको हो । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै काठमाडौँको नक्सालमा प्रदर्शन गरिएको थियो ।

नक्सालमा गरिएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, वुद्धिजीवीलगायत सहभागी थिए ।

अधिकांश वक्ताले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन गरी दोशीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका थिए ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?