Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन


३० वैशाख ,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।

भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको हो । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै काठमाडौँको नक्सालमा प्रदर्शन गरिएको थियो ।

नक्सालमा गरिएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, वुद्धिजीवीलगायत सहभागी थिए ।

अधिकांश वक्ताले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन गरी दोशीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका थिए ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?