Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना


निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।

निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरुसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो । आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरु एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्सहित सूचना सदाचार प्रवद्र्धन केन्द्र स्थापना गरिएको पनि बताएका छन् । उनले यसपटक आयोगले सामाजिक सञ्जालहरुसँग समेत सहकार्य गर्ने लक्ष्य लिएको बताएका छन् ।

उनले भने, ‘अहिले सूचनाको स्रोत धेरै भयो । सामाजिक सञ्जालमार्फत आउने सूचनाहरुको सेन्सर गर्ने कुनै निकाय नै नभएको कारण व्यक्तिगत विचारहरु समेत सिधै अडियन्ससम्म पुग्ने भएको कारण त्यताबाट समेत सकारात्मक र सही सूचना प्रवाह होस् भन्नको लागि त्यस्ता कुराको सत्यतथ्य बुझ्ने, सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण्न गर्ने प्रयोजनको लागि सूचना सदाचार प्रवद्र्धन केन्द्र स्थापना गरेका छौँ । यो चाँही खासगरी रेडियो टेलिभिजनभन्दा पनि सोसियल मिडियासँग केन्द्रित छ । मिडिया सेन्टरले यहाँका कुराहरु बाहिर लैजाने, सञ्चारमाध्यमहरुलाई सत्य समाचार उपलब्ध गराउने, पत्रकार सम्मेलन गर्ने लगायत कार्य गर्नेछ जुन विगतदेखिकै अभ्यास हो ।’

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै प्रकारको कार्यहरु तिब्र गतिमा गरिरहेको समेत बताएका छन् । उनले निर्वाचनको वातावरण बनाउन आयोगले सरकार, दल र सुरक्षा निकायहरुसँग समेत निरन्तर संवादमा रहेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?