Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी


३० वैशाख ,घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे ।

मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो । पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पुर्याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताए ।

रेडियोको सबलिकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताए ।

पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ की भन्नु गलत रहेको उनको भनाइ थियो । लोकतन्त्रको सम्वद्र्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए ।

“सामाजिक सञ्जालमा आउने विभिन्न खालका अफवाहले नागरिकमा भम्र सिर्जना गर्ने काम भइरहेकोप्रति नेपाल पत्रकार महासङ्घ गम्भीर रहेको छ”, उनले भने । नेपाली मिडियाको विश्वसनियता बढाउन अबको पत्रकारिता उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सो अवसरमा प्रेस युनियन दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो ।

साथै महासङ्घको जिल्ला सदस्य हुँदै केन्द्रीय प्रतिनिधित्व गर्ने पत्रकार महासङ्घका अध्यक्ष पोखरेल र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, केन्द्रीय सदस्य नारायणी रजौरे, युनियनका प्रदेश अध्यक्ष सुदीप गौतम, लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीलगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?