Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

मुख्य समाचार


खुल्ला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गराउन नेविसंघकाे ‘क्यान्डल वाक’ (फाेटाे फिचर)

काठमाडाैं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुल्ला प्रतिष्पर्धाको लागी थप दबाब सिर्जना गर्न आज नेपाल विधार्थी संघ काठमाडौ जिल्ला समितीले क्यान्डल वाक आयोजना गरेको छ। नेविसंघले प्रधानमन्त्रीलाई पत्र अभियान तथा अन्य आन्दोलनका मार्फत निरन्तर त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति योग्यता तथा विज्ञता का आधारमा खुल्ला प्रतिस्पर्धाका आधारमा हुनुपर्छ भनेर निरन्तर आन्दोलन गरेको

एमालेका युवा नेता तिलक सिर्पाइली नेकपा एसमा प्रवेश

काठमाडौँ। नेकपा एमालेका युवा नेता तिलक सिर्पाइली नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा पार्टीका महासचिव घनश्याम भुसाल, पार्टी सचिवद्वय जीवनराम श्रेष्ठ र हरि पराजुली, पार्टी पोलिटब्यूरो सदस्य मेटमणी चौधरीलगायतका नेताहरूले सिर्पाइलीलाई पार्टीमा स्वागत गर्नु भएको हो। नेता चौधरीको समन्वय एवं सहजिकरणमा नेता

आरजुले भनिन्- ‘लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गराैँ !’

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । ललितपुरमा भएको एक कार्यक्रममा उनले बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् । ‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा

देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल

भजनी,कैलाली। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् । “आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका

‘जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ’

काठमाडौं। विश्व खाद्य तथा कृषि सङ्गठनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले बाँस खेती गर्नुपर्ने सुझाव दिएको छ । आज वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँगको भेटवार्तामा सङ्गठनका प्रमुख क्यु दोङ युले जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नुका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिएका

सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी सुरु

काभ्रेपलाञ्चोक । सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ। कुल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युतको सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम अगाडि बढेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काभ्रेपलाञ्चोक र रामछाप

प्रेम र बलात्कारकाे परिभाषा गराैँ !

काठमाडौं । कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् । सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ?

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन हुन्छ: मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन विर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग

शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीमा विभिन्न समस्या भोग्नुपरेको छ : श्रम सचिव भण्डारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । “एबीसीडी नै नचिनेको कारण साउदी (अरब) मा कामदारले कुटाइ खाए । गोदाममा काम गर्ने नेपाली कामदार हुन्, उनीहरूले एबीसीडी लेखेको कार्टुन नचिनेका कारण कुटाइ खानुपर्‍यो,”

सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस मनाउने

काठमाडौं। सरकारले माघ २ गते २६औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । सरकारले माघ २ गते स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन

सम्वन्धित समाचारहरु