Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय समुदाय गुहारेर भएपनि रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउनुपर्छः सांसद पौडेल


काठमाडौं। राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुका लागि सरकारले अभिभावकत्व लिन नसकेको बताएकी छन् ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भइ रसियाको सेनामा भर्ती भएको र रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्यांक समेत सरकारसँग नहुनु लाजमर्दो भएको बताएकी छन् ।

उनले सरकारको आवाज नसुनेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताइन् । उनले भनिन्, ‘राहतको लागि पर्खिरहेका रुँदै गरेका नेपाली, रुस र युक्रेनको युद्धमा छन् । त्यहाँ अहिले पनि यो देशको बिडम्वना मान्नुपर्छ । हाम्रो आवाज सुनिएन भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि त्यहाँबाट नेपाली फिर्ता ल्याऔँ ।’

सांसद पौडेलले सरकार नेपाली जनताको आवाज नसुनिकन के हेरेर बसेको छ? भन्दै प्रश्न पनि गरेकी छन् ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?