Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै


काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरूपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन उहाँ आज साँझ ६ बजे प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले यही माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त पर्थमा रहँदा उनले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै सो सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री साउदका साथमा उनका धर्मपत्नी ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेल समेत सहभागी हुनेछन् ।

त्यस्तै, परराष्ट्र मन्त्रालयका अनुसार उनी पर्थबाट न्यूजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन् । उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीबीच दोस्रो परामर्श बैठक हुनेछ भने मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किनेछन् ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?