Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

अपि पावर कम्पनीको प्रमुख लगानी रहेको आयोजनाको ड्राई टेस्ट


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन मिति २०८० साल फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य मिति २०७७ साल माघ १ गतेबाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो । उक्त क्षति पश्चात कम्पनीले पूननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएको छ । आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि. लामो ३३ के.भि.डबल सर्किट प्रसारण लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान गर्ने कार्य सम्पन्न भएको छ ।

यस ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले १५ करोड बराबरको संस्थापक शेयर लगानी गरेको हो । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए ।

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना मिति २०८० साल माघ १९ गते ड्राई टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १ सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए । आयोजनामा Geppert Austria GMBH बाट आयात गरिएको अत्याधुनिक प्रविधिको युरोपेली मेसिन जडान गरिएको छ ।

ग्लोवल आईएमई बैंक लिमिटेड तथा नविल बैंक लिमिटेड को लगानी रहेको छ । आयोजनाको अनुमानित कुल लागत रु. २०६ करोड रहेको छ । ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक शेयर रु. ४२ करोड तथा आईपीओ मार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको शेयर रु. १८ करोड गरि जम्मा चुक्ता पूँजी रु. ६० करोड रहेको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?