Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

अपि पावर कम्पनीको प्रमुख लगानी रहेको आयोजनाको ड्राई टेस्ट


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन मिति २०८० साल फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य मिति २०७७ साल माघ १ गतेबाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो । उक्त क्षति पश्चात कम्पनीले पूननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएको छ । आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि. लामो ३३ के.भि.डबल सर्किट प्रसारण लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान गर्ने कार्य सम्पन्न भएको छ ।

यस ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले १५ करोड बराबरको संस्थापक शेयर लगानी गरेको हो । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए ।

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना मिति २०८० साल माघ १९ गते ड्राई टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १ सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए । आयोजनामा Geppert Austria GMBH बाट आयात गरिएको अत्याधुनिक प्रविधिको युरोपेली मेसिन जडान गरिएको छ ।

ग्लोवल आईएमई बैंक लिमिटेड तथा नविल बैंक लिमिटेड को लगानी रहेको छ । आयोजनाको अनुमानित कुल लागत रु. २०६ करोड रहेको छ । ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक शेयर रु. ४२ करोड तथा आईपीओ मार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको शेयर रु. १८ करोड गरि जम्मा चुक्ता पूँजी रु. ६० करोड रहेको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?