Trending
>>   आज मिति २०८२ साल साउन १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ५ हजार वर्ष पहिला नै भगवद्गीता र पुराणहरूमा लेखिएको कलीयुगका १० भविष्यवाणिहरू >>   अध्यक्ष श्रेष्ठ : देशमा भ्रष्टाचारले सीमा नाघ्यो >>   सेकुवा कर्नरमा एक किशोरीको हत्या >>   पूर्वराष्ट्रपति युन सोधपुछको लागि आएनन् अदालत >>   अमलेखगञ्ज – लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु >>   शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै >>   थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त गर्यो >>   इजिप्टका राष्ट्रपति र डच प्रधानमन्त्रीबीच गाजा युद्धविरामबारे छलफल >>   ‘विस्फोटको संघारमा एकीकृत समाजवादी’
Logo
१८ श्रावण २०८२, आईतवार
१८ श्रावण २०८२, आईतवार

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

उक्त बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग गरेका छन् । सांसद खिमलाल देवकोटाले संसद्को डोमिन ‘पार्लेयमेन्ट डट जिओभी डट एनपी’ मा सुधार गर्न सुझाव समेत दिए । उनले सङ्घीय संसद् सचिवालयमा कर्मचारी अपुग रहेको भन्दै सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलकुमारी रावल थापा (पार्वती) ले नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको वाल्मीकि आश्रमको संरक्षण र सडक पहुँचका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले निर्माण सम्पन्न भएको त्रिवेणी नारायणी नदीको झोलुङ्गे पुल तत्काल सञ्चालनमा ल्याउन माग गरिन् ।

सांसद दीपा गुरुङले गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा परी ठूलो जनधनको क्षति भएको र पीडितको राहतका लागि देश तथा विदेशबाट आएको राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक जाडोबाट प्रभावित भइरहेको भन्दै पीडितलाई चाँडो राहतको व्यवस्था गर्न माग गरिन् ।

सांसद भैरवसुन्दर श्रेष्ठले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणका लागि लाभग्राहीले अझै रकम पाउन नसकेको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, सांसद डा. विमला राई पौड्यालले गत पुस १३ गते ललितपुरको ग्वार्कोमा प्रहरीसँगको झडपमा मृत्यु भएका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र साहको घटनाबारे सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

सांसद सिंहबहादुर विश्वकर्माले देशमा बढ्दो बेरोजगारीको समस्यासँगै दिनप्रतिदिन युवा जनशक्ति विदेश पलायन भइरहेको, बेपत्ता हुनेको सङ्ख्या बढिरहेको तथा सिन्धुपाल्चोकबाट मात्रै ७७ जना हराएको भनी निवेदन परेको भन्दै पीडितको खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?