Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रक्रिया पूरा गरेका कम्पनीको आइपिओ निष्कासन रोक्न हुँदैन: अध्यक्ष ढकाल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओ निष्कासन रोक्न नहुने बताएका छन् ।

त्यस्तै, बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपिओ निष्कासन रोक्न नहुनेमा जोड दिएका छन् । २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहेको भन्दै ढकालले ती कम्पनीका आइपियो निष्कासन गर्न दिनुपर्ने बताए ।

ढकालले भने, ‘माननीय अर्थमन्त्री ज्यु करिब २५ देखि ३० वटा कम्पनीहरू जुन रेगुलर आईपीयोमा लग्नको लागि लाइनमा छन् । त्यो धेरै महिनादेखि रोकिएको छ भने सो कम्पनीले प्रक्रिया पुर्‍याएर एउटा चिठीको लागि कुरेर बसेका छन् । उक्त प्रक्रिया पूरा भएको र प्रक्रिया पूरा गर्ने अन्तिम चरणमा पुगेका कम्पनीलाई आइपिओ निष्कासन गर्न दिनुपर्छ भन्ने कुरा निजी क्षेत्रको तर्फबाट राख्छु। ’

अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपिओ निष्कासन गर्न दिनुपर्ने बताए हुन्। उक्त बोर्डको अध्यक्षको कारणले प्रक्रिया पुर्‍याएका कम्पनीलाई रोक्न नहुनेमा उनले जोड समेत दिएका छन् ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?