Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रक्रिया पूरा गरेका कम्पनीको आइपिओ निष्कासन रोक्न हुँदैन: अध्यक्ष ढकाल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओ निष्कासन रोक्न नहुने बताएका छन् ।

त्यस्तै, बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपिओ निष्कासन रोक्न नहुनेमा जोड दिएका छन् । २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहेको भन्दै ढकालले ती कम्पनीका आइपियो निष्कासन गर्न दिनुपर्ने बताए ।

ढकालले भने, ‘माननीय अर्थमन्त्री ज्यु करिब २५ देखि ३० वटा कम्पनीहरू जुन रेगुलर आईपीयोमा लग्नको लागि लाइनमा छन् । त्यो धेरै महिनादेखि रोकिएको छ भने सो कम्पनीले प्रक्रिया पुर्‍याएर एउटा चिठीको लागि कुरेर बसेका छन् । उक्त प्रक्रिया पूरा भएको र प्रक्रिया पूरा गर्ने अन्तिम चरणमा पुगेका कम्पनीलाई आइपिओ निष्कासन गर्न दिनुपर्छ भन्ने कुरा निजी क्षेत्रको तर्फबाट राख्छु। ’

अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपिओ निष्कासन गर्न दिनुपर्ने बताए हुन्। उक्त बोर्डको अध्यक्षको कारणले प्रक्रिया पुर्‍याएका कम्पनीलाई रोक्न नहुनेमा उनले जोड समेत दिएका छन् ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?