Trending
>>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

वैदेशिक रोजगारीको रकम देश विकासमा लगानी गर्नुपर्छः नेता गौतम


काठमाडौं। सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्नसकिने धारणा राखे ।
सांसद तथा नेता गौतमले भने, “वैदेशिक रोजगारीबाट प्राप्त रकम जनताको रगत र पसिना हो, त्यो नेपाल सरकारको सम्पत्ति पनि हो । अघिल्लो वर्ष करिब रु २२ खर्ब र यो वर्ष त्योभन्दा पनि बढी हुनसक्छ । त्यसलाई सरकारले नेपाल राष्ट्र बैंक वा कुनै बैंकमा राखेर कम्तीमा १० प्रतिशत ब्याज दिएर राख्नुपर्छ र उनीहरु स्वदेश आएपछि दिनुपर्छ । उक्त रकम सरकारले देश विकास निर्माणमा खर्च गर्नसके मुलुक आत्मनिर्भरको बाटोमा अघि बढ्नेछ ।”
नेता गौतमले अहिले कमजोर रुपमा रहेको अर्थतन्त्रलाई सुधारेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन जरुरी भएको बताए । “अहिले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा छ, तर यसलाई सुधार गर्न सकिन्छ”, उनले भने, “सरकारमा भएकाले मात्रै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने होइन, सरकार बाहिरका दलको पनि उत्तिकै भूमिका हुन्छ । मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने सबैको चिन्तन जरुरी छ । यो सरकार मात्रै होइन, नयाँ संविधान जारी भएपछि बनेका कुनै पनि सरकारले यसलाई सुधार गर्ने प्रयास गरेनन् ।”
नेता गौतमले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्ने भन्ने विषय संविधानमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार र राजनीतिक दलले ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । उनले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्मका प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गरे ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?