२४ भदाै, हेटाैँडा । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिन् । यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि
२४ भदाै, विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो । जारी भएको अध्यादेश कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० रहेको प्रदेश प्रमुखको कार्यालयका
२४ भदाै, एजेन्सी । सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् । सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक स्थानीय समितिले जनाएको छ । गत अप्रिल १५मा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु
२४ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले
२४ भदौ, हेटाैँडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे
२४ भदौ, स्याङ्जा। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् । “एक दलले अर्को दललाई गाली गलौज
२४ भदाै, काठमाडाैँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताएका छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा उन्ले सो कुरा बताएका हुन् । उनले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण
२४ भदाै, एजेन्सी । सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ । जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा
२४ भदौ, हेटाैँडा । सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । उनिसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले
२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उनले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको