Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट


१ ,असोज ,काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग युरोपेली सङ्घका राजदूत लोरेन्जो भेरोनिक्यूले शिष्टाचार भेट गरेका छन् ।

उनिहरूबीच आज भएको भेटवार्तामा निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत दुई दशकयता भएका कार्यगत सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको आयोगले जनाएको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारका निम्ति आयोगले तयार गरेको कार्ययोजनाबारे बताएका थिए ।

सो अवसरमा व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदूत भेरोनिक्यूले स्पष्ट पारेका थिए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?