Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

कोशी प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्छ : राजेन्द्र राई


विराटनगर । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिनुपर्ने बताएका छन् । पटक पटक भएको सरकार फेरबदलले प्रदेशसभाको मर्यादा धुमिल र धुलिसात भएको भन्दै उनले प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने धारणा राखेका हुन् । बुधबार कोशी प्रदेशसभा बैठकमा प्रदेशसभामा भएका दुखान्त अभ्यासले, बिर्सनलायक अभ्यासले प्रदेश सभाको मर्यादा धुमिल र धुसिसात हुँदै गएको र प्रदेशसभाको आत्मा कोमामा पुगिसकेको बताए ।

मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता राईले यस्तै विषयमा पटक पटक बोल्नुपर्दा अप्ठेरो लागेको बताए । कोशी प्रदेश सभाले प्रचलित नैतिक मूल्य मान्यता पटक पटक उल्लंघन गर्दै आएको र एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेतासमेत रहेका राईले अध्यादेशबाट बजेट ल्याउनु, प्रदेशको नामकरण गर्दा संशोधन दर्ता गर्ने समय पनि नदिई हतारमा पारित गर्नु यसको उदाहरण भएको बताए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?