Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कोशी प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्छ : राजेन्द्र राई


विराटनगर । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिनुपर्ने बताएका छन् । पटक पटक भएको सरकार फेरबदलले प्रदेशसभाको मर्यादा धुमिल र धुलिसात भएको भन्दै उनले प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने धारणा राखेका हुन् । बुधबार कोशी प्रदेशसभा बैठकमा प्रदेशसभामा भएका दुखान्त अभ्यासले, बिर्सनलायक अभ्यासले प्रदेश सभाको मर्यादा धुमिल र धुसिसात हुँदै गएको र प्रदेशसभाको आत्मा कोमामा पुगिसकेको बताए ।

मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता राईले यस्तै विषयमा पटक पटक बोल्नुपर्दा अप्ठेरो लागेको बताए । कोशी प्रदेश सभाले प्रचलित नैतिक मूल्य मान्यता पटक पटक उल्लंघन गर्दै आएको र एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेतासमेत रहेका राईले अध्यादेशबाट बजेट ल्याउनु, प्रदेशको नामकरण गर्दा संशोधन दर्ता गर्ने समय पनि नदिई हतारमा पारित गर्नु यसको उदाहरण भएको बताए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?