Trending
>>   १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ >>   देशैभर मनसुनी वायुको प्रभाव, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २८ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   रुपान्तरण भाषण गरेर आउँदैनः उपसभामुख राना >>   राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा स्वभाविकः एमाले >>   लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिलाः राष्ट्रपति पौडेल >>   संस्कृति नीति छिटै पारित हुन्छः मन्त्री पाण्डे >>   यो सत्ता समीकरण ०८४ को निर्वाचनसम्मै रहन्छः गृहमन्त्री लेखक >>   राज्य व्यवस्था समिति सभापति पदपूर्तिबारे मुख्य सचेतकहरुसँग सभामुखको छलफल >>   ०८४ पछि बन्ने सरकार एमाले र काँग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौँः प्रधानमन्त्री ओली
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

राजनिति


सञ्चारमन्त्री गुरुङ : मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको सङ्केत गरेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए । आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने , "सामान्यतया २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन

एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका

नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने

चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

काठमाडौँ। चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रश्तुत गरेका

समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति हुनुलाई गम्भीर रुपमा लिन आग्रह

काठमाडौँ। विज्ञहरुले नेपालले अवलम्वन गर्ने सबैका लागि पूर्वसूचना प्रणालीलाई बहुप्रकोप जोखिममा केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सरकारले सबैका लागि पूर्वसूचना प्रणाली कार्यक्रम लागू गर्दा सबै प्रकारका विपद् र प्रकोपसँग काम गर्न सक्नेगरी बनाउन सुझाव दिएका हुन् । बुधवार काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै विज्ञहरुले सम्भावित विपद्बारे समयमा नै सही

२०२६ को नोभेम्बर २४ मा नेपाल विकासशिल राष्ट्रमा उन्नति हुँदै : कम विकसित देशका नागरिकको बोझिलो पहिचान हट्दै

काठमाडौँ। सांसदहरुले नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा उन्नति हुनु गौरवको विषय भएको बताएका छन् । समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा विकसित हुनु गौरवको कुरा भएको बताइन ।

सांसदहरुमा पनि छुवाछुत कायम छः सांसद आलेमगर

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरुबीचमा छुवाछुत कायम रहेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए । उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध

भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको उनको आरोप छ । उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके

संकुचित वित्तीय नीतिलाई सुधारौंः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ। नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई चलामान बनाउन नसक्ने बताएका छन् । नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको वित्तीय नीतिलाई अझै सुधार्न जरुरी रहेको बताए । उनका

व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल

काठमाडौँ। नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताएका हुन् । उनका अनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ । अहिले सरकारले लिएको वित्तीय

सम्वन्धित समाचारहरु