Trending
>>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

राजनिति


प्रधानमन्त्री प्रचण्डका ज्वाइँ बने कोशी प्रदेशमा मन्त्री

२४ असार, काठमाडाैँ । कोशी प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका हन् । मुख्यमन्त्री थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरे छन् । त्यस्तै, माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै एकीकृत समाजवादीले भने असन्तुष्टि जनाएको छ ।

मन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् । दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्रीस्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गएराति स्वदेश फर्किएका हुन् । मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले

दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छ : स्वास्थ्यमन्त्री बस्नेत

२३ असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन् । सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

२३ असार ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पुर्याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन् । सो अवसरमा पूर्वप्रधानमन्त्री

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ : प्रधानमन्त्री

२३ असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने

२३ असार ,काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक

मेरो पुस्ताको प्रधानमन्त्री बन्नु देशको आवश्यकता हो : गगन थापा

२३ असार, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन्। शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको

‘कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुँदैन, सत्तालाई एमालेले प्राथमिकता दिएको छैन’

२३ असार, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अहिले सत्तामा जानेबारे ध्यान नदिएको बताएका छन् । कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्ताप्रति कुनै चासो र प्राथमिकता नरहेको बताएका हुन् । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने,

यसरी नै सरकार चले २०८४ को निर्वाचनमा जोसँग मिले पनि कांग्रेस हार्छ : प्रदीप पाैडेल

२३ असार, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले यसरी नै सरकार चहिरहे २०८४ सालमा कांग्रेस निर्वाचनमा पराजित हुने टिप्पणी गरेका छन् । कांग्रेस सरकार भएको ठाउँमा राम्रो काम गरे बहुमत ल्याउन सकिने तर अहिलेको जसरी नै चलेको अवस्थामा पराजित हुने उनले टिप्पणी गरेका हुन् । शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा

समाजवादी मोर्चाको पहिलो बैठक जारी

२३ असार, काठमाडाैँ । समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी

सम्वन्धित समाचारहरु