Trending
>>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने


२३ असार ,काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उनले भने ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी थिए ।

कार्यदल गठन

एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा गरिने आमसभाको मिति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् । कार्यदलले समाजवादी मोर्चाको भावी रणनीति तयार गर्ने जनाइएको छ ।

मोर्चालाई कसरी बलियो बनाएर लैजाने, नेपाली समाजको विशेषताअनुसारको समाजवाद कस्तो बनाउने भन्ने नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए । मोर्चाको अध्यक्षता हरेक छ महिनामा आलोपालो मोर्चाको नेतृत्व छ–छ महिनामा नेताहरूले आलोपालो गर्ने समझदारी बनेको र सो विषय आगामी बैठकले टुङ्गो लगाउने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

आजको बैठक सौहार्दपूर्ण ढङ्गले सम्पन्न भएको र भावी रणनीतिबारे आगामी बैठकमार्फत बाहिर ल्याइने उनको भनाइ छ । मोर्चा गठन भएको २३ दिनपछि पहिलो बैठक बसेको हो । “मोर्चा गठन भएको लामो समयपछि बैठक बस्यो, प्रथम बैठक अलि ढिला भयो भन्ने हामी सबैले समीक्षा गर्यौँ । आजको बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल गर्यौँ”, उपाध्यक्ष पाण्डेले भने ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?