Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने


२३ असार ,काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उनले भने ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी थिए ।

कार्यदल गठन

एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा गरिने आमसभाको मिति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् । कार्यदलले समाजवादी मोर्चाको भावी रणनीति तयार गर्ने जनाइएको छ ।

मोर्चालाई कसरी बलियो बनाएर लैजाने, नेपाली समाजको विशेषताअनुसारको समाजवाद कस्तो बनाउने भन्ने नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए । मोर्चाको अध्यक्षता हरेक छ महिनामा आलोपालो मोर्चाको नेतृत्व छ–छ महिनामा नेताहरूले आलोपालो गर्ने समझदारी बनेको र सो विषय आगामी बैठकले टुङ्गो लगाउने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

आजको बैठक सौहार्दपूर्ण ढङ्गले सम्पन्न भएको र भावी रणनीतिबारे आगामी बैठकमार्फत बाहिर ल्याइने उनको भनाइ छ । मोर्चा गठन भएको २३ दिनपछि पहिलो बैठक बसेको हो । “मोर्चा गठन भएको लामो समयपछि बैठक बस्यो, प्रथम बैठक अलि ढिला भयो भन्ने हामी सबैले समीक्षा गर्यौँ । आजको बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल गर्यौँ”, उपाध्यक्ष पाण्डेले भने ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?