Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्डका ज्वाइँ बने कोशी प्रदेशमा मन्त्री


२४ असार, काठमाडाैँ । कोशी प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका हन् ।

मुख्यमन्त्री थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरे छन् । त्यस्तै, माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै एकीकृत समाजवादीले भने असन्तुष्टि जनाएको छ ।

मुख्यमन्त्री थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्कीलाई मन्त्रीमा नियुक्त गर्दा कांग्रेसबाट भने रामकुमार खत्री मन्त्री बनेका छन् ।

माओवादीबाट मन्त्री बनेका जीवन आचार्य प्रधानमन्त्री प्रचण्डका ज्वाइँ हुन् । यसअघिको सरकारमा पनि मन्त्री भएका आचार्य अहिलेको सरकारमा भने आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?