काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएकाे छ । बैठक संसद भवन नयाँबानेश्वरमा बसेकाे हाे। प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक, २०८१ पास गर्ने तयारी रहेकाले सोही विषयमा छलफल हुँदैछ ।
काठमाडाैं । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी हुनुहुन्छ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले विकासका लागि राजनीति रोजेको प्रष्ट पारे । शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् शालिक
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताउनुभएको छ।शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताउनुभएको हो। महाधिवेशनले सम्बोधन गर्दै
आज नवलपरासीको परासीमा पार्टिका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राख्नु भएको बिषयहरु; १. नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्नुहोस्। २. चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदिय जिम्मेवारीको बाफाट गर्नुहोस्। ३. सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्नुहोस्।
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ । ज्नयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सहिद हुनुअघि उनीहरु कुनै एउटा
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको तदर्थ कार्यसमितिमा ९४ केन्द्रीय सदस्य मनोनीत भएका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहीबार बालकृष्ण दाहालको संयोजक रहेको तदर्थ समितिमा ९० र शुक्रबार थप चार सदस्य मनोनीत गरेका हुन्। उक्त संघको पनि ०६४ पछि महाधिवेशन हुन सकेको
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७० केन्द्रीय सदस्य मनोनीत भएका छन्।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले शुक्रबार प्रकाश पन्थको संयोजकत्वमा तदर्थ समितिमा सदस्य मनोनीत गरेका हुन्। ०६६ मा मान्यता पाएको संघका हालसम्म अधिवेशन नै हुन सकेको छैन।
काठमाडौं । सरकारले आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए । त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका