Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित)


काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया शुरु भएको छ ।

अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो ।
भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ प्रतिनिधिहरू लामवद्ध भएका छन् । प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मंगलवार राति अबेरसम्म पनि शुरु हुन नसकेपछि बुधवार बिहानका लागि धकेलिएको थियो । निर्वाचन आयोगले ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरेको छ भने भीड व्यवस्थापनका लागि एकपटकमा ५० जना मात्र मतदान कक्षमा प्रवेश गर्ने र महिला–पुरुष छुट्टै लाइनको व्यवस्था मिलाइएको छ ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच प्रतिष्पर्धा छ । दुवै नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कुल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रिय कमिटीका लागि मतदान गर्दैछन् । केही पदमा निर्विरोध चयन भइसकेको छ । मतदान सकिएलगत्तै मतगणना शुरु हुने र नयाँ नेतृत्व घोषणा हुने अपेक्षा गरिएको छ । महाधिवेशन स्थलमा विभिन्न प्यानलका समर्थकहरूले नारा लगाउँदै अन्तिम मत माग्ने क्रम जारी छ । यस महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई प्राथमिकता दिएको छ ।


प्रकाशित मिति: २ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?