काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाभकारी परियोजना भएको बताएका छन् । काष्ठमाण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बिआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिने बताउदै बिआरआई विश्वका १५० वटा देशले स्वीकार गरी फाइदा लिइरहेको पनि बताएका
काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर निरर्थक हल्ला फैलाइएको बताएको छ । प्रचण्डको सचिवालयले आज धारणा सार्वजनिक गर्र्दै माओवादी अहिले सरकारमा नजाने बताएको हो । साथै, माओवादी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले यस्ता प्रकारको हल्ला फिँजाइएको प्रचण्डको सचिवालयले जनाएको छ
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व विशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतको आदेशबमोजिम त्यससम्बन्धि कानुन बनाउन बाँकी रहेको बताए । उनले अब पूर्वविशिष्टहरुको सन्दर्भमा कानुन बनाउँदा सुरक्षाबाहेक अन्य सुविधा केही पनि
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन् । शुक्रवार नेपाली काँग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले आफूहरु समेत सरकारमै भएपनि पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताएका
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताउंदै राजनीतिक
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोबास गर्ने समूदायहरुको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेलेको बताएकी छिन् । शुक्रवारदेखि काठमाडौंमा शुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउंदै वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप
काठमाडौं । पछिल्लो समय सरकारले गरेका निर्णयहरूले नागरिक समाज र राजनीतिक वृत्तमा व्यापक असन्तोष पैदा गरेको छ । कुशासनको दुष्चक्रमा फसेको आरोप खेपिरहेको सरकारप्रति जनताको बढ्दो असन्तोषको बिचमा अब पूर्व विशिष्ट व्यक्तिहरूलाई आजीवन सुविधा दिने तयारी भइरहेको छ । यस कदमप्रति सत्तारुढ दलभित्रै तीव्र आलोचना उठेको छ। नेपाली कांग्रेसका वरिष्ठ
काठमाडौँ। समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रवार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निस्कर्ष निकालिएको बताए ।
काठमाडौँ । आगामी चैत ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।सभामुख देवराज घिमिरेले बुधबारको संसद् बैठकमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेबारे जानकारी गराए। प्रश्नउत्तर कार्यक्रममा सांसदरूले प्रश्न सोध्नेछन् भने प्रधामन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्। सांसदहरूले विभिन्न् बिषय उठाउने भएसँगै प्रधानमन्त्रीलाई सांसद्हरूकाे चित्त बुझाउनैपर्ने तनाब