Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उनले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस पटक आफूले यथार्थपरक बजेट ल्याएको बताएका छन् । उनले कसरी लोकप्रियताको खोजि भन्दापनि कसरी अनुशासित बजेट ल्याउने भन्नेमा आफू केन्द्रित रहेको बताउदै उनले के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले भने, ‘यहाँहरु सबैलाई थाहा छ, एमालेको नेतृत्वको सरकार होस् वा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस्, त्यसले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको छ । यस पटक मैले लोकप्रियताको खोजि भन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु । लोकप्रिय हुनुपर्छ, के गर्दा लोकप्रिय भइएला ? कस्तो कार्यक्रम, कस्तो योजना, कस्तो पदावलीको लोकप्रिय भइएला भन्दा पनि के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको छु । एमाले पृष्ठभूमिका अर्थमन्त्रीले बजेट बनाउँदा प्रतिकुल परिस्थितिमा अनुशासित बजेट बनाउन सक्छन् भन्नेकुरामा म होशियार छु ।’

अर्थमन्त्री पौडेलले बजेटमा सिर्जनाशिल युवाहरुको समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?