Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उनले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस पटक आफूले यथार्थपरक बजेट ल्याएको बताएका छन् । उनले कसरी लोकप्रियताको खोजि भन्दापनि कसरी अनुशासित बजेट ल्याउने भन्नेमा आफू केन्द्रित रहेको बताउदै उनले के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले भने, ‘यहाँहरु सबैलाई थाहा छ, एमालेको नेतृत्वको सरकार होस् वा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस्, त्यसले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको छ । यस पटक मैले लोकप्रियताको खोजि भन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु । लोकप्रिय हुनुपर्छ, के गर्दा लोकप्रिय भइएला ? कस्तो कार्यक्रम, कस्तो योजना, कस्तो पदावलीको लोकप्रिय भइएला भन्दा पनि के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको छु । एमाले पृष्ठभूमिका अर्थमन्त्रीले बजेट बनाउँदा प्रतिकुल परिस्थितिमा अनुशासित बजेट बनाउन सक्छन् भन्नेकुरामा म होशियार छु ।’

अर्थमन्त्री पौडेलले बजेटमा सिर्जनाशिल युवाहरुको समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?