Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा


काठमाडौँ। नेकपा (माओवादी) केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने उनको भनाइ छ । सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भएपनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताए ।

उनले भने, ‘गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ । यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो चाहीँ कता हो भने छानविन गर्नुपर्यो । यो एउटा सामान्यमात्र विषय नभई राष्ट्रिय मुद्दाको रुपमा स्थापित भइसकेको छ । राष्ट्रिय मुद्दा भएको हुनाले निश्पक्ष रुपले छानविन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ । यसभित्र भए गरेका कामकारबाही र क्रियाकलापका बारेमा छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्यो भन्ने हाम्रो मुख्य सवाल छ । छानविनलाई प्रभावकारी बनाउन नैतिक रुपमा माननीय गृहमन्त्रीज्यूले राजीनामा दिँदा नै उहाँलाई पनि यो छानविनलाई पनि राम्रो गर्छ भन्ने हाम्रो बुझाई छ । तर उहाँहरु छानविनका लागि पनि तयार भइसक्नु भएको छैन । गृहमन्त्रीजी व्यक्तिगत रुपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग संसद अवरुद्ध गर्दै आएका छन् ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?