Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप सामान्य नभएको बताएका छन् ।

मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले लोकतान्त्रिक पद्धति र सुशासनका पाठ घोकाउने गृहमन्त्री लेखकमाथि मानव तस्करको गम्भीर आरोप लागेको बताएका छन् । उनले देशलाई बेरोजगार उत्पादनको थलो बनाउने, युवाहरुलाई तड्पाएर विदेश जान बाध्य पार्ने र भिजिट भिसाका नाममा लाखौं कमिसन खाएर विदेशीलाई बेच्ने मानव तस्करको आरोप लागिरहँदा गृहमन्त्रीले टुलुटुलु हेरेर बसिरहन नमिल्ने दाबी गरे । प्रमाण लुकाउने, नष्ट गर्ने, सेटिङमा राखिएका कर्मचारीको रातारात सरुवा गर्ने काममा गृहमन्त्री व्यस्त रहेको भन्दै एकैदिनमा अस्वाभाविक रुपमा भएका सरुवाको कर्मचारीबाटै खबरदारी हुँदा बिहान सरुवा गरेर बेलुका पुनः सरुवा फिर्ता गरिनुले गृहमन्त्रीमाथि लागेको आरोप पुष्टी भएको उनको दावी थियो ।

उनले भने, ‘आजभोलि देशको शहरदेखि गाउँसम्म र चुलोचौकोदेखि पसलसम्म एउटा विषयले ठूलै चर्चा पाएको छ । त्यो हो भिजिट भिषा प्रकरण । ठूलै पार्टीका ठूलै नेता, झन्डै दुई तिहाई सरकारको ठूलै मन्त्रालय लिएको मन्त्री जसले आर्थिक सुशासनका ठूलै कुरा ठूलै स्वरमा भजाउने गर्नुहुन्थ्यो । लोकतान्त्रिक पद्धतिका र सुशासनका पाठहरु घोकाउने गर्नुहुन्थ्यो । आज उनै नेता तथा गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करको गम्भीर आरोप लागेको छ । सामान्य आरोप होइन नेपाली युवाहरुलाई भिजिट भिषाको नाममा विदेशीहरुलाई बेच्ने गरेको आरोप छताछुल्ल भएको छ । देशलाई बेरोजगार उत्पादनको थलो बनाउने, युवाहरुलाई तड्पाएर विदेश पलायन हुन बाध्य पार्ने र भिजिट भिषाको नाममा लाखौं कमिशन खाएर विदेशीलाई बेच्ने मानव तस्करको आरोप लागिरहँदा गृहमन्त्री टुलुटुलु हेरिरहनुभएको छ । अरुलाई घोकाउने नैतिकता आज कता हरायो ? बरु प्रमाणहरु लुकाउने, नष्ट गर्ने, सेटिङमा राखिएका कर्मचारीलाई रातारात सरुवा गर्ने काममै व्यस्त हुनुहुन्छ । एकैदिनमा अस्वाभाविक रुपमा भएका सरुवाको कर्मचारीबाटै विरोध हुँदा, खबरदारी हुँदा फेरि लाजै नमानी पुनः सरुवा फिर्ता गरिनुले गृहमन्त्रीमाथि लागेको आरोपको पुष्टि होइन र ? यसरी जनताबाट, कर्मचारीबाट समेत खबरदारी भइरहँदासम्म यही कुर्सीमा विराजमान भइरहने किन ? बरु छिटो छरितो राजीनामा दिएर अनुशासित बन्नुस् त्यसैले तपाईको शीर उच्च हुनेछ ।’

उनले गृहमन्त्री लेखकलाई छिटो छरितो राजीनामा दिएर अनुशासित बन्न आग्रहसमेत गरे ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?