Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँः सांसद शाही


काठमाडौँ। नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन् ।

मंगलवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताए । उनले ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु रहेको र समानुपातिक सांसदलहरुले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिए । गिरिजाप्रसाद कोईराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनैबेलामा समानुपातिक नै रहेको उदाहरण दिँदै उनले बोल्नेहरुलाई मात्रै योजना दिने तर समानुपातिक सांसदहरु अनुशासित रुपमा बस्दा योजना नदिने गरेको बताए । संविधानअनुसार समानुपातिक खारेज गर्ने भए आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘हामी ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु छौँ । संविधानमा यो समानुपातिक खारेज गर्ने हो भने हामी ११० जना यो समानुपातिक हटाउन पनि तयार छौँ । होइन भने गिरिजाबाबु पनि समानुपातिक हुनुहुन्थ्यो । प्रचण्ड पहिलो गणतन्त्रको प्रधानमन्त्री पनि समानुपातिक हुनुहुन्छ । माधव नेपाललाई हामीले तानेर समानुपातिकबाट प्रधानमन्त्री बनायाँै । बोल्नेहरुको ठाउँमा मन्त्री आफैँ गएर योजना दिने अनि हामीलाई समानुपातिक भन्ने ? हामी राजनीतिक र अनुशासित ढंगले मात्रै बजेट पास गर्दैछौ, तपाईंहरुको हेपाई हेर्ने हो भने पास हुन रोक्न सक्छौँ । हाम्रा औंठाले तपाईंहरु झण्डा हल्लाउने, कि त संविधानअनुसार समानुपातिक खारेज गर्नुप¥यो । म त यो समानुपातिकबाट तानेर नल्याउँ भन्ने मान्छे हो । पार्टीले खटाएर कोही समानुपातिक छौँ कोही प्रत्यक्ष छौँ, कुरा त्यत्ति हो । अदालतले नदेउ भनिसकेको छ । घुमाउरो पाराले तपाईंहरु । पहिला राणा चार किसिमका थिए, अहिले सांसदहरु त सात किसिमका छौँ । सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्ष लगायतहरु ए क्लासका राणा । उनीहरुसँग मन्त्री आफैँ गएर योजना माग्छन् । मन्त्रीज्यु, सभापतिज्यु भनेर आउँछन् । २५ जना मन्त्री बि क्लासका राणा । प्रत्यक्ष १६५ जना सि क्लासका राणा । अलिकति हाँहाँ हुँहुँ गर्ने सांसद डि क्लासका । समानुपातिक इ क्लसका । राष्ट्रिय सभा एफ क्लासका । भूगोल छैन, हामी अन्तरिक्षका हौँ र समानुपातिक । किन विभेद गरिएको ?’

सांसद शाहीले सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्षहरु ए क्लास, २५ जना मन्त्री बि क्लास, प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सि क्लास, चर्को बोल्नसक्ने डि क्लास, समानुपातिक इ क्लस र राष्ट्रिय सभा एफ क्लासका राणा भएको बताए । समानुपातिक सांसदहरु अर्को अन्तरिक्षबाट नआएको भन्दै किन विभेद गरेको भन्ने उनको प्रश्न छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?