Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया


काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सचेतक रोकायाले गणतान्त्रिक व्यवस्था स्थापनाका निमित्त कुनै साइनो नै नभएका व्यक्ति र समूहबाट व्यवस्था असफल बनाउने कार्यहरु भइरहेको दाबी गरेका हुन् । उनले यसकाविरुद्ध गणतान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा तिनै क्रियाकलापमा गतिविधिहरु सञ्चालन गरिनु सुखद् नभएको स्पष्ट पारे । सार्वभौम सम्पन्न सदनमा जनताका समस्या उठाउन जिम्मेवार रुपमा प्रश्तुत हुन नसकिरहेको भन्दै सत्तामा हुँदा एउटा र सत्ता बाहिर रहँदा अर्कै कुरा गर्ने प्रवृत्तिले जनतामा दलहरुप्रति अविश्वास पैदा भइरहेको उनको भनाई थियो । सचेतक रोकायाले एउटा कर्मचारीले गरेको गल्तीका आधारमा मन्त्रीले जिम्मा लिँदै राजीनामा दिँदै जाने हो भने अधिकांश मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउने दावी गरे ।

उनले भने, ‘अहिले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्थाका विरुद्धमा सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको छ । जसले यो व्यवस्था ल्याउनका निमित्त कुनै योगदान नगरेका र कुनै साइनो नै नभएका व्यक्ति र समूहबाट बद्नाम गराउने वर्तमान संविधानलाई नै असफल बनाउने कार्यहरु भइरहेको छ । यसकाविरुद्ध गणतान्त्रिक शक्तिहरु एक हुनुको साटो तिनै क्रियाकलापलाई बल पुराउने गतिविधिहरु भइरहेका छन् यो सुखद पक्ष होइन । अहिले सामाजिक सञ्जालमा आएका निराधार, समाजमा अतिरञ्जित बनाउने विषयहरुलाई नै आधार मानेर जिम्मेवार प्रमुख प्रतिपक्षी दललगायत अन्य प्रतिपक्षी दलहरुले संसद अबरुद्ध गरिरहेको अवस्था छ । जनताको सार्वभौम सत्तासम्पन्न संसदमा जनताका प्रतिनिधिहरुले जनताका यावत समस्याहरु उठाउन जिम्मेवार रुपमा प्रश्तुत हुन सकिरहेका छैनौं । जसले आजको व्यवस्था र संविधानलाई नै कमजोर बनाउने काम भइरहेको छ । जनतामा निराशा भनिरहेका छौं । जनतामा निराशा होइन जिम्मेवार दल र दलका नेताहरुका व्यवहारबाट जनतालाई निराशा गराउने काम भइरहेको छ । हामी सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ता विमुख हुँदा अर्कै कुरा गर्ने प्रवृत्तिले दलहरुप्रति अविश्वास पैदा भइरहेको छ । त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखको कमजोरीका कारण नेपाल सरकारका गृहमन्त्रीको राजीनामा माग गरिएको छ । यस्ता घटनाहरु पहिले पनि भएका थिए कि ? यो पहिलो घटना हो ? एकजना माननीयले आफैं साक्षी भएजस्तो गरेर जुन तरिकाले संसदमा प्रस्तुत हुनुभो त्यो त्यति राम्रो पक्ष होइन । गृहमन्त्रीको घटनालाई लिएर रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवी लामिछानेसँग तुलना गरिएको छ । के लामछिाने र लेखकको घटना एउटै हो ? लामिछाने विभिन्न सहकारीको रकम अपचलन गरिएको भनि अभियोजन गरिएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको थियो जो गृहमन्त्रालय अन्तर्गत पर्दथ्यो र उहाँ त्यो पदमा रहिरहँदा अनुसन्धान प्रभावित हुनसक्छ भन्ने कुरा उठाइएको थियो । तर, वर्तमान गृहमन्त्रीविरुद्ध कहाँ उजुरी परेको छ ? उहाँकाविरुद्ध कतै छानविन भइरहेको छ ? एकजना कर्मचारीले गल्ती गरेको आधारमा मन्त्रीले जिम्मा लिँदै जाने हो भने अधिकांश मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ । अख्तियारले एकजना कर्मचारीलाई सामान्य सोधपुछ गर्दा गृहमन्त्रीले किन राजीनामा दिने ? गृहमन्त्री रमेश लेखकमाथि लगाइएको आरोप अहिलेको अवस्थामा राजनीतिक प्रतिशोधबाहेक केही होइन ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई सामान्य सोधपुछ गर्दा राजीनामा दिनु नपर्ने भन्दै गृहमन्त्रीमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोधबाहेक केही नभएको दाबी गरे ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?