Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा


काठमाडौँ। नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रवार अवार्ड घोषणा कार्यक्रमा पहिलोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड काठमाडौंबाहिर लैजान लागेको जनाएको हो । २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड २२ औं संस्करण हो । अहिलेसम्म उपत्यकाभित्र मात्र अवार्ड आयोजना हुँदै आएको थियो । तर स्पोर्ट्स अवार्डलाई देशव्यापी पुर्याउने उद्देश्यले पोखरामा आयोजना गर्न लागिएको मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । पोखरा भ्रमण वर्षको अवसरमा २२औं संस्करण हुने भएको छ । शुक्रबार नै पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च र अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रपको पल्सर मोटरसाइकलसँग पाँच वर्षको सम्झौता नवीकरण भएको छ । यसका मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका प्रवन्धक निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

४० लाखभन्दा माथिको सम्झौता भएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नगद प्रायोजनमा गत वर्षको भन्दा ३३ प्रतिशत वृद्धि गरिएको गोल्छा ग्रुपका प्रवन्धक निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । गोल्छा ग्रुपका प्रवन्धक निर्देशक अभिमन्युले मञ्च र गोल्छा ग्रुपबीचको यो सहकार्य नेपालमा लामो रहेको उल्लेख गर्दै एकआपसमा विश्वास, भरोसा र खेलकुदको माध्यमबाट देशलाई एकतामा बाध्ने उद्देश्यअनुरूप सम्झौताको १७ औं वर्षमा पुगेको बताए । देशका खेलाडीलाई सम्मान गर्ने अभियानमा निरन्तर सहकार्य गर्न पाउँदा गोल्छा ग्रुप धेरै खुसी र उत्साहित रहेको उनी बताउँछन् ।

अवार्डका लागि मञ्च र गोल्छा ग्रुपबीचको सहकार्य भएको यो १७ औं वर्ष हो । मञ्चका अध्यक्ष अधिकारीले पछिल्ला केही वर्षदेखि अवार्डलाई देशका विभिन्न शहरमा लैजाने प्रयास गरिरहेको उल्लेख गर्दै यसपल्ट मञ्च र प्रायोजकको आपसी समझदारीमा नै पोखरामा आयोजना गर्न लागिएको बताए । उनले खेलकुदमा राम्रो सम्भावना बोकेका शहरमा यो अवार्ड आयोजना गर्न योजना रहेको पनि उल्लेख गरे ।

नेपाली खेलकुदमा २०८१ सालभर उच्च प्रदर्शन गर्ने खेलाडका साथै प्रशिक्षक र खेलकर्मी मनोनयनमा पर्नेछन् । पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी कुल १० विधामा अवार्ड प्रदान गर्ने मञ्चले जनाएको छ । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । मञ्चको खेलाडी छनोट समितिले तयारी पनि शुरु गरिसकेको छ ।

पाँच विधाको मनोनयनमा समान पाँच जना रहने आयोजकले उल्लेख गरेको छ । तर, अन्य पाँच विधा लाइफटाइम, स्पेसल, पारा एथलिट, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्टलाई भने अवार्ड कार्यक्रमकै दिनमा सम्मान गरिने भएको छ । भोटिङमार्पm हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गर्ने मञ्चका महासचिव खड्काले जानकारी दिए । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई एनएस २०० पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँसहित अवार्ड पाउनेछन् । पल्सर स्पोर्ट्स अवार्ड २०८१ को तयारीका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ ।

गत वर्ष पुरुषमा क्रिकेटका रोहित पौडेल, महिलामा करातेकी एरिका गुरुङ, युवामा भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकमा करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित भएका थिए । एशियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीले टिम अफ द इयरको पुरस्कार पाएको थियो ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?