Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एमालेलाई भण्डारीले भनिन्ः मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने बताएकी छिन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफू राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको र अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेको बताइन । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिवद्ध हुँद हुँदै पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने उनको भनाइ छ । एमाले बनाउन आफू लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मेहनत लागेको उल्लेख गरिन । जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न पनि आग्रह गरिन । नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुने विश्वास व्यक्त गरिन ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिवद्ध हुँद हुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मेहनत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु । यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु । मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुनेछैन । त्यसैले म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु । जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)प्रतिको नेकपा एमालेका नेता, कार्यकर्ता र आम सदस्य एवं सम्पूर्ण जनसंगठनमा आवद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो । नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ । हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकतावद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो । यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुनसक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ ।’

पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको अहिलेको महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकतावद्ध र सुदृढ बनाउनुपर्ने दायित्व भएको बताएकी छिन् ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?