Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेको बताएका छन् ।

शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्ष सबैभन्दा उच्च पुँजीगत खर्च (७६.४१) प्रतिशत गरेको दाबी गरे । उनले सोचे भन्दा बढी सडक पूर्वाधार निर्माण गरेको उनको दाबी छ । पुल निर्माणको लक्ष्य हाँसिल गर्न नसके पनि अब तिब्र गतिमा काम भइरहेको र उद्घाटनको क्रम जारी रहेको बताए ।

उनले भने, ‘यस वर्ष भौतिक पूर्वाधारको क्षेत्रमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । हामीले सबैभन्दा उच्च पुँजीगत खर्च  , ७६.४१ प्रतिशत । हामीले सोचे भन्दा पनि बढी सडक सञ्जाल, पूर्वाधार निर्माण गरेका छौँ । पुलहरु लक्ष्यमा पुग्न नसकेपनि धमाधम यि पुलहरु उद्घाटन हुने अवस्थामा पुगेका छन् । तिब्र ढंगले हामीले पूर्वाधारका कामहरु गरिरहेका छन् । साधन श्रोतहरु सिमति छन्, त्यत्ति हुँदाहुँदै पनि हामीले कामहरु गरिरहेका छौँ ।’

मन्त्री दाहालले सरकारले तिब्र गतिले पूर्वाधारका काम गरिरहेको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?