Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेको बताएका छन् ।

शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्ष सबैभन्दा उच्च पुँजीगत खर्च (७६.४१) प्रतिशत गरेको दाबी गरे । उनले सोचे भन्दा बढी सडक पूर्वाधार निर्माण गरेको उनको दाबी छ । पुल निर्माणको लक्ष्य हाँसिल गर्न नसके पनि अब तिब्र गतिमा काम भइरहेको र उद्घाटनको क्रम जारी रहेको बताए ।

उनले भने, ‘यस वर्ष भौतिक पूर्वाधारको क्षेत्रमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । हामीले सबैभन्दा उच्च पुँजीगत खर्च  , ७६.४१ प्रतिशत । हामीले सोचे भन्दा पनि बढी सडक सञ्जाल, पूर्वाधार निर्माण गरेका छौँ । पुलहरु लक्ष्यमा पुग्न नसकेपनि धमाधम यि पुलहरु उद्घाटन हुने अवस्थामा पुगेका छन् । तिब्र ढंगले हामीले पूर्वाधारका कामहरु गरिरहेका छन् । साधन श्रोतहरु सिमति छन्, त्यत्ति हुँदाहुँदै पनि हामीले कामहरु गरिरहेका छौँ ।’

मन्त्री दाहालले सरकारले तिब्र गतिले पूर्वाधारका काम गरिरहेको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?