Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन्


काठमाडौँ। नेपाली काँग्रेस सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई संविधान जारी गरेपछि पूरुा हुन्छन् भन्ने दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताए । उनले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट पार्टीहरु संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने बताए ।

उनले भने, ‘जनतालाई हामीले जुन वाचा गरेका छौँ । संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ । त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ । यो काम नेपाली काँग्रेसले मात्रै गर्दछ । किनभने कम्युनिष्टहरु त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन् । उनीहरुको प्राथमिकतामा छँदै छैन । त्यसैले दुई तिहाई त पुग्ला, कसैले भन्नुभएको छ, दुई तिहाई पुग्दैन, २०८७ मा पुग्छ । पुग्ला ०८७ मा । हाम्रो संख्या पुग्दैन, त्यो कुरा छोडिदिऔँ । जुन प्रणालीलाई लिएर अघि बढेका छौँ, यो नै उत्तम प्रणाली हो भन्ने हामीलाई लागेको छ । यसलाई उन्नत बनाउन लागि रहनुपर्छ ।’

सांसद निधीले संघीयतालाई बलियो बनाउन लाग्नुपर्ने बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?