Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन्


काठमाडौँ। नेपाली काँग्रेस सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई संविधान जारी गरेपछि पूरुा हुन्छन् भन्ने दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताए । उनले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट पार्टीहरु संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने बताए ।

उनले भने, ‘जनतालाई हामीले जुन वाचा गरेका छौँ । संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ । त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ । यो काम नेपाली काँग्रेसले मात्रै गर्दछ । किनभने कम्युनिष्टहरु त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन् । उनीहरुको प्राथमिकतामा छँदै छैन । त्यसैले दुई तिहाई त पुग्ला, कसैले भन्नुभएको छ, दुई तिहाई पुग्दैन, २०८७ मा पुग्छ । पुग्ला ०८७ मा । हाम्रो संख्या पुग्दैन, त्यो कुरा छोडिदिऔँ । जुन प्रणालीलाई लिएर अघि बढेका छौँ, यो नै उत्तम प्रणाली हो भन्ने हामीलाई लागेको छ । यसलाई उन्नत बनाउन लागि रहनुपर्छ ।’

सांसद निधीले संघीयतालाई बलियो बनाउन लाग्नुपर्ने बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?