Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताएका छन् ।

शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था रहेको बताए । उनले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजनलाई प्राकृतिक विपत्तिहरुले असर गरिरहेको बताए । रसुवा बाढी, मधेसमा सुख्खाग्रस्त हुनु जस्ता विपद्ले पनि समृद्ध नेपालको सपना साकार हुन नसकिरहेको बताए ।

मन्त्री भण्डारीले भने , ‘कहीँ अनावृष्टि, कतै अतिवृष्टि र कतै पानी नपरेको अवस्थामा जुन प्रकृतिको प्रकोप र मारमा परेका छौँ ।प्रधानमन्त्रीज्युले बारम्बार भन्ने गर्नुहुन्छ, यो मुलुकको समृद्धिको लागि, जनताको सुखको लागि समृद्ध नेपाल सुखी नेपालीको उहाँको जुन भिजन छ । जसलाई बेला बेलामा यस्ता किसिमका प्रकृतिका प्रकोपले असर पारिरहेको छ । रसुवामा त्यत्ति ठूलो बाढी आयो । अहिले मधेसमा सुख्खाग्रस्त छ । यस्तो विषम परिस्थितिमा पनि कुसल नेता र नेतृत्वले गर्नुपर्ने निर्णयहरु तत्काल गरिएका छन् ।’

मन्त्री भण्डारीले मधेस प्रदेशको परिस्थितिलाई मध्यनजर राखेर संकट ग्रस्त र सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?