Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताए । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरुका बारेमा छलफल भइरहेको बताए । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरुले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेको बताए ।

सभापति देउवाले भने, ‘आज संविधान सबैका लागि स्वीकार्य भएको छ । केही कुराहरु संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन् । स्वभाविक कुरा हो । आवश्यकताअनुसार संविधानको संशोधन हुन्छ नै । कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ । त्यो हाम्रो पनि कुरा हो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरु डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेका छन् । काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरुलाई तर विस्तारै विस्तारै ढालिसकेका छन् । कम्युनिष्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालिसकेका छन् । त्यसैले नेपाल सानो देश भएपनि सबै पार्टीहरुको देश भएको छ । हामी अझै पनि ग्रासरुटमा बलियो भइसकेका छैनौँ । अहिलेको संविधान अत्यन्तै राम्रो छ । समावेशी छ । तर कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्नेछ । एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ ।’

सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गरे । उनले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?