Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा तिलगङ्गा विश्वविद्यालय सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रको रुपमा विकास गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपालमा हुने आँखा उपचार अन्य देशहरुभन्दा छरितो, सरल, सहज र विश्वसनीय मात्र नभई लागतको दृष्टिले पनि निकै सस्तो रहेको बताए ।

उनले भने ‘नेपाल अहिले दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रुपमा स्थापित हुन खोजिरहेको छ । त्यो सम्भावना निकै देखिएको छ । र त्यो सम्भावनालाई यो विश्वविद्यालयको स्थापनाले महत्वपूर्ण योगदान पु¥याउनेछ । नेपालको आँखा उपचार विश्वसनीय, छरितो, सरल र सहज र सस्तो पनि छ । बाहिरका देशहरुको आधाभन्दा कम खर्चमा नेपालमा आँखा उपचार भइरहेको छ । त्यसले गर्दा नेपालको आँखा उपचारको ठूलो सम्भावना छ । त्यसलाई यस विधेयकले सत्य सावित गर्नेछ ।’

नेपालको आँखा उपचार क्षमतालाई थप सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नेत्र उपचार तथा अनुसन्धानको हब बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?