Trending
>>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

राजनिति


थाइल्याण्ड भ्रमण सफल र फलदायीः बिमस्टेकका सदस्य राष्ट्रका प्रमुखलाई सगरमाथा संवादको निम्तो

काठमाडौँ। प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताएका छन् । थाइल्याण्ड भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ती त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताएका

तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले न्यायिक छानविन

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा एक करोड धरौटी खारेजी र साधारणा तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल

सशस्त्र विद्रोह घोषणा गरेर व्यवस्था परिवर्तन गर्न राजावादीहरुलाई सांसदहरुको चुनौति

काठमाडौँ। तीनकुने घटना राजनीतिक नभएर अराजनीतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका हुन् । घटनामा कुनैपनि राजनीतिक क्रियाकलाप नदेखिएको सांसदहरुको भनाइ छ । लुटपाट, आगजनी तथा

जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौंः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताएका छन् । शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न चेतावनी दिएका छन् । उनले जनतामा

बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्छन्ः राप्रपा उपाध्यक्ष तामाङ

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरु मानसिक रुपमा ठिक नभएको टिप्पणी गरेका छन् । अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना

तीनकुनेमा भएको घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त

काठमाडौँ। नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् । उनले चैत

म आफैँ आन्दोलनमा छुः अध्यक्ष केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोलनमै रहेको बताएका छन् । शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन् । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ । उनले

सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि बढ्योः उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्। बिहीवार मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरेका छन्

प्रतिगामी शक्तिहरुको व्यवस्था विरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यु थप्ने काम गरेः सिके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिगामी शक्तिहरुको व्यवस्थाविरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यू थप्ने काम गरेको टिप्पणी गरेका छन् । सात मधेसवादी राजनीतिक दलहरुको संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो टिप्पणी गरेका छन् । मुलुक राजनीतिक रुपमा जटिल अवस्थामा आइपुगेको उनको भनाइ छ । उनले गणतन्त्रविरुद्धमा आवाज

सम्वन्धित समाचारहरु