Trending
>>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

टिआरसीसम्बन्धी ऐन कार्यान्वयनको लागि नियमावली निर्माण आयोगको पहिलो प्राथमिकतामाः अध्यक्ष गडतौला


काठमाडौँ। बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगकी अध्यक्ष लिलादेवी गडतौलाले संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी ऐन कार्यान्वयनका लागि नियमावली निर्माणलाई पहिलो प्राथमिकता दिइएको बताएकी छिन् ।

शुक्रवार काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवालहरु’ विषयक कार्यशालामा बोल्दै अध्यक्ष गड्तौलाले यस्तो बताएकी हुन् । उनले सरकारले ऐन निर्माण गरिसेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आयोगले नियमावली सिफारिस गर्नु अपरिहार्य रहेको बताईन् । उनले अघिल्लो आयोगले ४ सय ५८ जना पीडितको सिफारिस गरे पनि उनीहरूले कुनैपनि राहत र क्षतिपुर्ति पाउन नसकेको उल्लेख गरीन् । पीडितहरुलाई क्षतिपुर्ति दिनको लागि आयोगको छुट्टै कोष स्थापना गर्न नियमावली बनाउने काम भइरहेको समेत उल्लेख गरीन् । नियमावली बिना आयोग अगडि नसक्ने उनको भनाइ छ । उहाँले आयोगको चार वर्षे कार्ययोजना बनाएर अघि बढिरहेको बताएकी छिन् ।

उनले भनीन्, ‘नियमावली नबनाइकन अगाडि बढ्न नसक्ने भएका कारण हामीले सकेसम्म छिटो नियमावली बनाउने हो । ४ सय ५८ जनाको विगतको आयोगले सिफरिस गरेको छ । ति ४५८ जनाले केही पनि पाउनु भएको छैन । त्यसका लागि पनि कोष नियमावली बनाएर छिटोभन्दा छिटो दिन सक्छौं कि भनेर हामी त्यसमा लागेका छौँ । अब हामी चार वर्षको कार्ययोजनाअनुसार चार वर्षको कार्ययोजना पनि हामी बनाउँछौँ । त्यसले हामी तपाईहरुलाई आयोगमा पनि बोलाउन सक्छौँ ।’

उनले बेपत्ता पारिएकाका परिवारलाई न्याय दिनको लागि आयोगले प्रभावकारी काम गर्ने आश्वासन समेत दिईन् ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?