Trending
>>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने >>   मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाउन सरकारलाई निर्देशन >>   ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा >>   दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी >>   अवैध लागूऔषध गाँजा सहित पक्राउ >>   द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला >>   नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र छः कानूनमन्त्री चौरसिया
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

इरान इजरायलमा रहेका एक जना नेपाली नागरिकले पनि स्वदेश फर्किन चाहे सरकारले ल्याउँछः परराष्ट्रमन्त्री राणा


काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले द्वद्वग्रस्त देशहरु इरान इजरायलयमा रहेका एक जना पनि नेपालीहरुले स्वदेश फर्किन चाहेको खण्डमा नेपाल ल्याइने बताएकी छिन् ।

इरान र इजरायलमा शुरु भएको युद्धका बारेमा त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने र उनीहरुको सुरक्षा गर्ने भन्ने योजना बनाउनका लागि सिंहदरबारमा बसेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री र पदाधिकारीहरुसँगको छलफल भएको हो । छलफलमा युद्धग्रस्त देशहरुबाट नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले काम गरिहरेको बताएकी हुन् । नेपाल फर्किन चाहना राख्ने र अफ्ठ्यारोमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकार सक्षम रहेको जिकिर गरीन । सरकारले इरान र इजरायलको युद्ध शुरु भएदेखि गम्भीरतापूर्वक नियालिरहेको भन्दै ट्राभल इड्भाइजरी शुरु गर्ने काम पनि गरेको बताईन् । सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरुको बारेमा विवरण संकलन गर्न शुरु गरेको र अहिलेसम्म ६ सय ३ जनाले एपमा आफ्नो विवरण उपलब्ध गराएको बताईन् । जसमध्ये २० जनाले मात्रै फर्किन चाहेको बताईन् । आईतवारदेखि सबैतिरको श्रममा जानुभएका साथीहरुलाई रजिस्टर गर्नसक्ने एप सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै त्यस एपमा सबैले आफ्नो विवरण उपलब्ध गराउनसक्ने बताईन् । भारतको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीहरुलाई पनि ल्याउन आग्रह गर्ने बताईन् ।

उनले भनीन्, ‘जुन दिनदेखि इजरायल र इरानको लडाईं शुरु भयो, त्यही दिनदेखि नै हामीले त्यो परिस्थितिलाई एकदमै नजिकबाट हेरिरहेका छौँ । त्यो दिनदेखि नै हामीले ट्राभल इड्भाइजरी शुरु गर्ने,लेख्ने त्यसबाहेक इजरायल बाहेक हामीले कतारमा भएको दुतावाससँग पनि सम्पर्कमा बसिरहेका छौँ । इजरायलको दुतावाससँग कुरा गरेपछि यहाँ पनि एउटा श्रममा बैठक भयो । त्यो बैठकपछि एउटा हामीले आफ्नै पोर्टल बनाएर इजरायलमा रहनुभएका नेपाली नागरिकलाई रजिस्टर गर्नु, त्यसमा रेस्क्यु गर्नु भन्यौँ । कहाँ हुनुहुन्छ जानकारी हुन्छ भन्यौँ । आजको दिनसम्म ६ सय ३ जनाले आफ्नो रजिस्टेशन गर्नुभएको छ । के गर्न चाहनुहुन्छ भनेर सोधेका पनि थियौँ । ६ सय जनामा २० जनाले हामी फर्किन चाहन्छौँ भनेर लेख्नुभएको छ । हामीले इजरायलमा भएको राजदुतावाससँग पनि कुरा गरिरहेका छौँ । हिजो निस्किन मिल्ने भनेर जोर्डनको काउन्सिलर विभागले पनि सूचना दिएको छ । राजदुतसँग कुरा गर्दा एयरपोर्ट बन्द भएपनि चार्टड पइट जानसक्छ की भन्ने कुरा गर्नुभयो । आज श्रममन्त्रीज्यु, गृहसचिव, परराष्ट्रसचिव, श्रम सचिव, पर्यटन मन्त्रालयको सचिवज्युसँग बसेर छलफल गरेका छौँ । रेस्क्यु गर्ने भए कसरी गर्ने भनेर पूरुा जानकारी लिएका छौँ । चार्टड फ्लाइट लैजाने भए कसरी लैजाने भन्नेकुरामा छलफल गरेका छौँ । आईतवारदेखि सबैतिरको श्रममा जानुभएका साथीहरुलाई रजिस्टर गर्नसक्ने एप लञ्च गर्दैछौँ । त्यो पछि हामीलाई कति जना नेपाली कहाँ हुनुहुन्छ भन्ने थाहा हुन्छ, अवैधानिक रुपमा जानुभएकाहरुको स्थिति पनि थाहा हुन्छ । एउटा वर्किङ टिम बनाएर यसबारे काम गर्ने स्थिति बनाउँछौँ । इरानमा धेरै कम संख्यामा हुनुहुुन्छ । भारतको परराष्ट्र मन्त्रालयलाई चिठी लेख्छौँ । त्यहाँ केही नेपाली भएपनि ल्याइदिन आग्रह गर्छौं । साइप्रस र जोर्डनबाट आउनेको लागि पनि कुरा गरिरहेका छौँ । इजरायलमा दुई हजार जना जति हुनुहुँदो रहेछ । जो अवैधानिक रुपमा जानुभएको छ, तपाईंहरु नेपाली हुनुहुन्छ भने आईतवारबाट एपमा लञ्च हुन्छ, रजिस्टेशन गरिदिनुस् । हरेक नागरिकलाई रेस्क्यु गरेर ल्याउनसक्ने हाम्रो क्षमता छ । त्यहीअनुसार अघि बढेका छौँ ।’

परराष्ट्रमन्त्री डा. राणाले इजरायलमा दुई हजार जना भन्दा बढी नेपाली रहेको पाएको बताईन् । मन्त्री राणाले सरकारले नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि गर्नुपर्ने अवस्थामा सम्भव भएसम्मका सबै उपाय, पहल र प्रवन्ध गर्ने बताएकी छिन् ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?