Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

रास्वपाको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।

संसदमा संसद बैठक शुरु हुन लाग्दा रास्वपाका सांसदहरुले कालो वस्त्र र नीलो रिबन लगाएर संसदमा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गरेका थीए । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरुले कालो वस्त्र र निलो रिबन लगाएको जानकारी दिनुभएको सांसद मनिष झाले बताए । उनले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत भएको बताए । प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिनुभएको पनि सांसद झाले बताए ।

उनले भने, ‘यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत हो । हामीले यो लगाएका छौँ । साथै कालो ड्रेस लगाएका छौँ । हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ । लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ । आज पनि निरन्तरता दिएका छौँ । विरोधको अर्को संकेत सबैले कालो वस्त्र पनि लगाएका छौँ । २२ दिनसम्म पनि आन्दोलन गर्दा देशको अभिभावक प्रधानमन्त्रीज्युको यसबारेमा कुनै वक्तव्य आएको छैन । आज संसदमै जम्काभेट भयो प्रधानमन्त्रीज्युसँग । उहाँले किन स्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो । हामीले मानव तस्करविरुद्धको बिरोधमा हामी छौँ भनेर जानकारी गरायौँ । उहाँले शुभकामना दिनुभयो ।’

२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताए ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?