Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनूस्


काठमाडौँ। खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताएका छन् ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गर्यो भन्ने आरोप प्रमाािण्त गरेर देखाउन चुनौति दिएका छन् । उनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाउनुभएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताए । अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताए ।

मन्त्री यादवले भने, ‘यहाँ धेरै लालपूर्जाकरहरु नेता हुनुहुन्छ । एक जना संघीय पार्टीमा काम गरेका थियौँ । अलग भए । एकदिन प्रेस मिट गरिराख्नुभएको थियो । माननीय मन्त्रीहरुले सत्रमुखी बजेट बनायो । जिल्लामा सबै पैसा लग्यो । आफू बिना मन्त्री कहिल्यै नरहने, जहिले पनि सरकारमा जाँदा आफू नै मन्त्री जाने, प्रश्ताव आउँदा प्रचण्डजीले त मलाई खोजिरहनुभएको छ, ओलीको सरकार हुँदा ओलीजीले मलाई खोज्नुभएछ, शेरबहादुर देउवाजीको सरकार हुँदो शेरबहादुर देउवाजीले मलाई खोज्नुभएछ । एउटै व्यक्ति होला उपेन्द्र यादव, अरु कोही नहोला । उहाँले सबै मन्त्रीहरुले आफूकेन्द्रित बजेट बनाएछन्, यो त बजेट नै राम्रो छैन । जब की यसपालिको सरकारले बनाएको बजेट ऐतिहासिक छ । सिंचाई होस्, किसान, व्यवसायी, युवा, उद्योगीको कुरा होस् । सबैलाई समेट्ने बजेट । उहाँले मन्त्रीमुखी बजेट भन्नुभयो । म उहाँलाई चुनौति दिन चाहन्छु, मन्त्री म पनि छु, रेडबुक हेर्नुस् । प्रदीप यादवको क्षेत्रमा मैले कहाँ बजेट लगेको छु देखाइदिनुस् । म तपाईंलाई चुनौति दिन चाहन्छु । मैले आफ्नो क्षेत्रमा बजेट लगेको छैन ।’

मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाई, कृषि, व्यवसायी, युवा, उद्यमीहरु सबैलाई समेटेर ल्याएको बताए ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?