Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनूस्


काठमाडौँ। खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताएका छन् ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गर्यो भन्ने आरोप प्रमाािण्त गरेर देखाउन चुनौति दिएका छन् । उनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाउनुभएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताए । अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताए ।

मन्त्री यादवले भने, ‘यहाँ धेरै लालपूर्जाकरहरु नेता हुनुहुन्छ । एक जना संघीय पार्टीमा काम गरेका थियौँ । अलग भए । एकदिन प्रेस मिट गरिराख्नुभएको थियो । माननीय मन्त्रीहरुले सत्रमुखी बजेट बनायो । जिल्लामा सबै पैसा लग्यो । आफू बिना मन्त्री कहिल्यै नरहने, जहिले पनि सरकारमा जाँदा आफू नै मन्त्री जाने, प्रश्ताव आउँदा प्रचण्डजीले त मलाई खोजिरहनुभएको छ, ओलीको सरकार हुँदा ओलीजीले मलाई खोज्नुभएछ, शेरबहादुर देउवाजीको सरकार हुँदो शेरबहादुर देउवाजीले मलाई खोज्नुभएछ । एउटै व्यक्ति होला उपेन्द्र यादव, अरु कोही नहोला । उहाँले सबै मन्त्रीहरुले आफूकेन्द्रित बजेट बनाएछन्, यो त बजेट नै राम्रो छैन । जब की यसपालिको सरकारले बनाएको बजेट ऐतिहासिक छ । सिंचाई होस्, किसान, व्यवसायी, युवा, उद्योगीको कुरा होस् । सबैलाई समेट्ने बजेट । उहाँले मन्त्रीमुखी बजेट भन्नुभयो । म उहाँलाई चुनौति दिन चाहन्छु, मन्त्री म पनि छु, रेडबुक हेर्नुस् । प्रदीप यादवको क्षेत्रमा मैले कहाँ बजेट लगेको छु देखाइदिनुस् । म तपाईंलाई चुनौति दिन चाहन्छु । मैले आफ्नो क्षेत्रमा बजेट लगेको छैन ।’

मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाई, कृषि, व्यवसायी, युवा, उद्यमीहरु सबैलाई समेटेर ल्याएको बताए ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?