Trending
>>   सबै वस्तुमा एमआपी लागू गर्ने निर्णय पुन : विचार गर्न राष्ट्रिय व्यवसायी महासंद्वारा सरकारको ध्यानाकर्षण >>   निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने : सुमित्रा बिसी >>   संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे >>   ‘डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने व्यवस्था सकारात्मक’ >>   अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी >>   पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको भन्दै निर्वाचन आयोग पुग्यो रास्वपा >>   ‘स्थिर विनिमय दर यथावत राख्न आवश्यक’ >>   मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ >>   सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा >>   कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः काँग्रेस सांसद भण्डारी
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

विनियोजित बजेट सत्ताधारीमैत्री भएको काँग्रेस सांसद गिरीको आरोप


काठमाडौँ। नेपाली काँग्रेसका सांसद दीपक गिरीले आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट सत्ताधारीमैत्री भएको आरोप लगाएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले बजेट विकासमैत्री, लगानीमैत्री नभएर सरकारमैत्री भएको आरोप लगाएका हुन् । उनले झापामा होमस्टेदेखि पार्क निर्माणसम्मका लागि बजेट छुट्याइँदा चरिगाउँ विमानस्थललाई बेवास्ता गरेको दाबी गरे । उनले बजेटले दंगाली जनता र त्यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिप्रति विश्वासघात गरेको आरोप लगाए । प्रधानमन्त्रीले समेत पटक पटक संसदमा चरिगाउँ विमानस्थल बन्छ भनेर भनिरहेको अवस्थामा ७० देखि ९० करोडको अनुमान गरिएको जग्गा अधिकरणका लागि एक करोड विनियोजन गरेर जनप्रतिनिधिलाई नंग्याउन खोजेको बताए । उनले किरियापुत्री भवन बनाउन तीन करोड बजेट छुट्याउने सरकारले जनताको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनालाई १ करोड बजेट छुट्याइनु हास्यास्पद र जनप्रतिनिधिलाई नंग्याउन खोजिएको टिप्पणी गरे ।

उनले भने, ‘बडो खुशीका साथ कुरा राखौंला भन्ने २०८२/८३ मा आशा थियो । यहाँ केही मन्त्रालयको विनियोजन शिर्षकमा छलफल गर्दा बडो गम्भीर भएर बोल्नुपर्ने अवस्था रह्यो । यो बजेटले नेपाली जनतालाई पनि देखेन । न त यो विकासमैत्री भयो, न लगानी मैत्री भयो न त सरकारपछि सांसदमैत्री भयो । यो केबल भयो सत्ताधारीमैत्री, जो जो मन्त्रीजीहरु हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ त्यही मैत्री भयो । बडो कटुताकासाथ भन्नुपर्छ – जसरी मैले भने कि यो न सांसदमैत्री भयो, न जनतामैत्री भयो, न विकासमैत्री भयो । मलाई झापाकी सांसदले भन्नुभयो, पर्यटन क्षेत्रका लागि । १२ वटा विकासका बजेट जो तीन तीन करोडमा आधारित थियो त्यो बजेट झापाको एउटै क्षेत्रमा छ त्यो म पढेर सुनाउँछु । ११ वटा एउटै क्षेत्रमा धिमाल जातीय होमस्टे प्रबद्र्धन तथा संरक्षण निर्माण । अर्को निर्माण छ, किरियापुत्री भवन दमक, समाज सुधार प्रतिष्ठान झापा, आदिवासी संग्रहालय गौरादह झापा, पार्क निर्माण गौरादह झापा यो सबै झापै झापा त्यो पनि एउटै क्षेत्रमा । सभामुख महोदयलाई पनि माया गरेका रहेछन् २५ लाखको एउटा छ । यो सरकार पक्षीय सांसद बोल्नु परिरहेको छ । संसारलाई एकपल्ट फर्किएर हेरौं त आज एक्काइसौं शताब्दीमा मुलुक कहाँ गएको छ ? हामी कहाँ धरापमा परिरहेका छौं । हामीले लोकतन्त्र ल्याउँदा, गणतन्त्र ल्याउँदा काराबासको कुरा छाडिदिउँ । यहाँ बसेका के नेकपा एमाले, के कांग्रेस, के माओवादी बसेका थियौं । कोही लाञ्छना लगाएर यहाँ बस्नुभएको थियो बस्न सक्नुभएन । गाह्रो छ बढो आन्दोलन भन्नुहुन्थ्यो, बढो कठिन छ । मैले देखिरहेको थिएँ कोही अमेरिका, कोही कहाँ, कोही कहाँ यहाँ बस्नुभो नारा लगाएको जस्तो गर्नुभयो दुई दिनपनि टिक्नुभएन । कठिन कष्ट गरेर ल्याएको यो लोकतन्त्र र गणतन्त्र थियो । तर, यसमा बजेट दिँदा कतिवटा क्षेत्र थियो १६५ त हो । मैले पटक पटक यहाँ सम्बोधन गर्दा भनेको थिएँ । हामीलाई धेरै ठूलो इच्छा आकांक्षा पनि होइन हाम्रो इज्जत राखिदिनुस्, हाम्रो साख बचाइदिनुस् । यही ठाउँमा केही प्रश्नहरु गर्दा कहिले काहिँ भन्न मन लाग्छ चरिगाउँ एयरपोर्ट, बडो चर्चाको विषय भयो संसदभित्र । यहीँबाट प्रधानमन्त्रीले पनि चरिगाउँ एयरपोर्ट बन्छ भन्नुभयो, मैले पनि तालि बजाए । तर, यो रातो किताबमा चरिगाउँ एयरपोर्टलाई जग्गा अधिकरणका लागि करिब ७० देखि ९० करोड लाग्छ अहिले केही गर्नुस् भने । मलाई आशा लागेको थियो, विश्वास थियो त्यो क्रान्तिकारी केपी ओलीसँग, मलाई विश्वास थियो विष्णु पौडेलसँग र मलाई विश्वास थियो युवा नेता बद्री पाण्डे मन्त्रीसँग । त्यही विश्वासका आधारमा मैले दंगाली जनतालाई भनेको थिए चरिगाउँ एयरपोर्ट बन्छ भनेर । अब मैले उहाँहरुलाई अभिनन्दन गरुँ, माला पहिराउँ अथवा के बोलुँ । चरिगाउँ जग्गा अधिकरणका लागि एक करोड यो हास्यास्पद हो कि ? जनताको प्रतिनिधिलाई नंग्याउन खोजेको हो कि ? के हो यो ?’

उनले अर्थमन्त्रीले सभामुख महोदयलाई पनि माया गरेर २५ लाखको एउटा आयोजना दिएको भन्दै व्यंग्य गरेका थीए ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?