Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

माओवादी सांसद पौडेलले भने समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गरे । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताए । उनले समाजवादको लक्ष्य अनुरूप बजेट नआएकी कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गरे । उनले बजेटले उक्त कुराको दिशावोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताए ।

उनले भने, “समाजवाद हामी सबैको साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य हो । त्यसको लागि इच्छाशक्ति र दृढ सङ्कल्प चाहिन्छ । यो सरकार म दुःख नमानी भन्नुपर्छ, त्यो दृढ इच्छाशक्ति प्रकट भएन । यदि यो बजेट साँच्चिकै समाजवादको लक्ष्य अनुरूप दृढता पूर्वक आएको हुन्थ्यो भने यो सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, कोही नारा, कोही बहिष्कार हुने थिएन । बाहिर सडकमा राजनीतिक पार्टीहरू, बौद्धिक समुदाय, सेना, प्रहरी, निजामती, शिक्षक, प्राध्यापक, निजी क्षेत्र, व्यवसायी सबै एकजुट भएर बजेट कार्यान्वयनको सङ्कल्पसहित एकजुट भएर अगाडी बढ्थेँ । यो बजेटले त्यो दिशा बोध नगरेको हुँदा खेरी हामी छलफल बहसको क्रममा छौँ । पक्ष र प्रतिपक्षी होइन, देश निर्माणको सपना खोजी रहेको छु, त्यो भेटिएन ।”

उनले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?