Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

माओवादी सांसद पौडेलले भने समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गरे । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताए । उनले समाजवादको लक्ष्य अनुरूप बजेट नआएकी कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गरे । उनले बजेटले उक्त कुराको दिशावोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताए ।

उनले भने, “समाजवाद हामी सबैको साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य हो । त्यसको लागि इच्छाशक्ति र दृढ सङ्कल्प चाहिन्छ । यो सरकार म दुःख नमानी भन्नुपर्छ, त्यो दृढ इच्छाशक्ति प्रकट भएन । यदि यो बजेट साँच्चिकै समाजवादको लक्ष्य अनुरूप दृढता पूर्वक आएको हुन्थ्यो भने यो सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, कोही नारा, कोही बहिष्कार हुने थिएन । बाहिर सडकमा राजनीतिक पार्टीहरू, बौद्धिक समुदाय, सेना, प्रहरी, निजामती, शिक्षक, प्राध्यापक, निजी क्षेत्र, व्यवसायी सबै एकजुट भएर बजेट कार्यान्वयनको सङ्कल्पसहित एकजुट भएर अगाडी बढ्थेँ । यो बजेटले त्यो दिशा बोध नगरेको हुँदा खेरी हामी छलफल बहसको क्रममा छौँ । पक्ष र प्रतिपक्षी होइन, देश निर्माणको सपना खोजी रहेको छु, त्यो भेटिएन ।”

उनले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?