Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी बजेट विनियोजन भएको भन्दै सांसद थापाको असन्तुष्टि


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले निश्चित जिल्ला र क्षेत्र बाहेक नागरिकलाई नागरिक नै नसोचेको टिप्पणी गरे । उनले निश्चित क्षेत्रलाई मात्रै अङ्कित गरेर विनियोजन बजेटले देशलाई कहाँ पुर्याउला ? भन्दै प्रश्न गरे । उनले समृद्ध नारा नभई समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने मात्रै देश समृद्ध हुने र नेपाली जनता सुखी हुने जिकिर गरे । उनले देशमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र उत्पादनलाई प्राथमिकतामा दिएर अगाडी बढ्नुपर्ने बताए । उनले राज्यको ढुकुटीलाई बलियो भए मात्रै त्यसले राष्ट्र निर्माणमा टेवा दिने जिकिर गरे ।

उनले भने, “समृद्ध नारा होइन, समृद्ध बजेट बनाउनुपर्यो । समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने देश समृद्ध हुन्छ । तब मात्रै नेपाली जनता सुखी हुन्छन् । बजेट भरी एउटा जिल्लामा, एउटा निर्वाचन क्षेत्रमा अनि अन्यत्रका जनता भरी जनतै होइनन् ? निश्चित २०–४० क्षेत्रलाई मात्रै अङ्कित गरेर बजेट विनियोजन गरियो भने कहाँ पुग्ला ? शिक्षा अहिले पनि लथालिङ्ग छ, त्यसलाई विशेष ध्यान दिऔँ । स्वास्थ्य लथालिङ्ग छ, त्यसलाई विशेष ध्यान दिऔँ । गरिबी निवारण मन्त्रालय भनेको छ के निवारण गर्छ थाहा छैन । राज्यको उत्पादनमा प्राथमिकता दिऔँ, राज्यको ढुकुटीलाई बलियो बनाऔँ । राष्ट्र निर्माणमा त्यसले टेवा दिन्छ ।”

वर्तमान सरकारले केही गर्ला भन्ने आशा रहे पनि झन् चुर्लुम्म डुबेको आरोप लगाए ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?