Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी बजेट विनियोजन भएको भन्दै सांसद थापाको असन्तुष्टि


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले निश्चित जिल्ला र क्षेत्र बाहेक नागरिकलाई नागरिक नै नसोचेको टिप्पणी गरे । उनले निश्चित क्षेत्रलाई मात्रै अङ्कित गरेर विनियोजन बजेटले देशलाई कहाँ पुर्याउला ? भन्दै प्रश्न गरे । उनले समृद्ध नारा नभई समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने मात्रै देश समृद्ध हुने र नेपाली जनता सुखी हुने जिकिर गरे । उनले देशमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र उत्पादनलाई प्राथमिकतामा दिएर अगाडी बढ्नुपर्ने बताए । उनले राज्यको ढुकुटीलाई बलियो भए मात्रै त्यसले राष्ट्र निर्माणमा टेवा दिने जिकिर गरे ।

उनले भने, “समृद्ध नारा होइन, समृद्ध बजेट बनाउनुपर्यो । समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने देश समृद्ध हुन्छ । तब मात्रै नेपाली जनता सुखी हुन्छन् । बजेट भरी एउटा जिल्लामा, एउटा निर्वाचन क्षेत्रमा अनि अन्यत्रका जनता भरी जनतै होइनन् ? निश्चित २०–४० क्षेत्रलाई मात्रै अङ्कित गरेर बजेट विनियोजन गरियो भने कहाँ पुग्ला ? शिक्षा अहिले पनि लथालिङ्ग छ, त्यसलाई विशेष ध्यान दिऔँ । स्वास्थ्य लथालिङ्ग छ, त्यसलाई विशेष ध्यान दिऔँ । गरिबी निवारण मन्त्रालय भनेको छ के निवारण गर्छ थाहा छैन । राज्यको उत्पादनमा प्राथमिकता दिऔँ, राज्यको ढुकुटीलाई बलियो बनाऔँ । राष्ट्र निर्माणमा त्यसले टेवा दिन्छ ।”

वर्तमान सरकारले केही गर्ला भन्ने आशा रहे पनि झन् चुर्लुम्म डुबेको आरोप लगाए ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?