Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताएका छन् ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताए । अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको भन्दै यसको मूल्यांकन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘मैले मन्त्री पदमा हुँदाहुँदै उपेन्द्र यादवको पार्टीलाई त्याग गरेको थिएँ । मन्त्री पद लातले टुक्राएर म आदरणीय अशोकजीलाई सहयोग गरेको थिएँ, पार्टी बनाउन । धेरै कुरा छ । हाम्र अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको हो । हामी मूल्यांकान गरौँ, ०७२ सालको संविधानको अवस्था र आजको अवस्था । राजाको व्यवस्थाकाविरुद्ध बोल्दा तुरुन्त जेल हुन्थ्यो । तर आज हामी स्वतन्त्र छौँ । आज प्रधानमन्त्री, राष्ट्रपति जसलाई पनि विरोध गर्नसक्छौँ । त्यो अधिकार छ ।’

मन्त्री सुडीले आफू मन्त्री भएपछि दुई अर्ब ८ करोडको बजेट ल्याउन सफल भएको र यसअघि १ अर्बको मात्रै बजेट रहेको बताए ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?