Trending
>>   सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्त:पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ >>   अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित >>   मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट >>   बढ्यो सुनको मूल्य,आज कतिमा भईरहेकोछ कारोबार ? >>   पाकिस्तान र अमेरिकाद्वारा आतंकवाद विरोधी संयुक्त प्रतिवद्धता >>   चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण >>   दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी >>   बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ आए >>   प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची >>   देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

अर्थ/बाणिज्य


रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी

९ वैशाख ,रामपुर (पाल्पा) । रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड ८७ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र रु ६८ लाख २२ हजार सात

ठेलामै समोसा बेचेर सिलवालले बनाए घर, जोडे जग्गा

८ वैशाख, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उनको जीवनशैली र

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, ७ अर्बका गाडी भित्रिए

८ वैशाख, काठमाडाैँ । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

८ वैशाख, काठमाडाैँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन

प्रधानमन्त्री कार्यालय सहित पैसा नतिर्ने ट्विटर ह्याण्डलबाट ब्लु टिक गायब

८ वैशाख, काठमाडाैँ । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले भेरिफाइड अकाउन्टको ब्लु टिक हटाएको छ । ट्विटरले तोकेको शुल्क नतिर्ने ट्विटर ह्याण्डलका ब्लु टिक हटाइएको हो । बिहीबार हजारौं खाताहरूबाट एक पटक प्रतिष्ठित नीलो चेक प्रमाणीकरण हटाउन थालेपछि विश्वभरका चर्चित व्यक्तिहरूको ब्लु टिक हराएको हो । ट्विटरका मालिका एलन मस्कले सोशल

१४ करोड कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !

८ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

८ वैशाख ,बेनी । म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई

राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?

७ वैशाख, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताएका हुन् । बैठकमा उनले भने, “नेपाल सरकारको विभिन्न मन्त्रालय

एउटै वडामा १० करोडको आलु उत्पादन

७ वैशाख, स्याङ्जा । हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् ।

साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले घट्यो शेयर बजार

७ वैशाख, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक

सम्वन्धित समाचारहरु