Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री कार्यालय सहित पैसा नतिर्ने ट्विटर ह्याण्डलबाट ब्लु टिक गायब


८ वैशाख, काठमाडाैँ । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले भेरिफाइड अकाउन्टको ब्लु टिक हटाएको छ । ट्विटरले तोकेको शुल्क नतिर्ने ट्विटर ह्याण्डलका ब्लु टिक हटाइएको हो ।

बिहीबार हजारौं खाताहरूबाट एक पटक प्रतिष्ठित नीलो चेक प्रमाणीकरण हटाउन थालेपछि विश्वभरका चर्चित व्यक्तिहरूको ब्लु टिक हराएको हो ।

ट्विटरका मालिका एलन मस्कले सोशल मिडिया कम्पनीलाई नाफामा लैजानका लागि ब्लु टिक भेरिफिकेशनको शुल्क उठाउन सुरू गर्न लागेका हन् ।

बिहीबारबाट नेपालका पनि चर्चित व्यक्तिहरू सहित प्रधानमन्त्री कार्यालय, हेलो सरकार लगायत सरकारी ह्याण्डलको ब्लु टिक उडेको छ ।

त्यस्तै, भारतका पनि अमिताभ बच्चन, ममता बेनर्जी, राहुल गान्धी, योगी आदित्यनाथ लगायत नेता तथा अभिनेताको ट्विटर ह्याण्डलबाट ब्लु टिक उडेको छ ।

ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा ब्लु टिकले कुनै पनि व्यक्ति वा संस्थाको भेरिफाइड अकान्ट भन्ने बुझाउँछ । ट्विटरले ब्लु टिक लिनका लागि मासिक ८ डलर शुल्क तोकेको छ ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?