Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

एउटै वडामा १० करोडको आलु उत्पादन


७ वैशाख, स्याङ्जा । हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु बिक्री गरे ।

पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुन्छ । वार्षिक उत्पादन ४५ सय मेट्रिक टनभन्दा माथि छ ।

यहाँका किसानले वर्षमा झण्डै रु १० करोड आलु बिक्री गर्ने महाशाखा प्रमुख मनोहर कडरियाले बताए । “आलु खेतीका लागि हेम्जा उर्वर ठाउँ हो”, उनले भने, “यहाँको आलु देशमै ब्राण्ड बनिसकेको छ ।”

उनले घरघडेरीले हेम्जाको उब्जाउ जग्गा नासिँदै गएकोमा भने चिन्ता व्यक्त गरे । महानगरको आँकडा अनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलु खेती हुन्थ्यो । अहिले त्यो खुम्चेर तीन सय हेक्टरमा सीमित भएको छ ।

राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण कृषियोग्य जग्गा घट्दै गएको छ । “हेम्जाको आलु बजारमा आउँदा पोखरामा अन्यत्रबाट हुने आयात झण्डै ५० प्रतिशत जति घट्छ”, महाशाखा प्रमुख कडरियाले भने, “हेम्मालगायतका ठाउँमा आलु खेती बढाउन सके पोखरालाई आवश्यक आलु यहीँ फलाउन सकिन्छ ।”

हेम्जामा ‘एमएस.–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलुबाली लगाउने गरिएको किसान चित्रनाथ पौडेलले बताए । कात्तिक÷मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्र्याइन्छ । हेम्जामा हिउँदे आलुको मात्रै खेती हुने गरेको छ । त्यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजार पुग्छ ।

पछिल्लो समय ‘आलु महोत्सव’ हुन थालेपछि आलुको बजारीकरणमा सहजता थपिएको किसान बताउँछन् । आलु भण्डारणका लागि महानगरको आर्थिक सहयोगका चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । गुणस्तरीय बीउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनआदिले आलु खेतीमा चुनौती थप्ने गरेको किसानको भनाइ छ ।

व्यावसायिक कृषिको प्रवद्र्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव गर्ने गरिएको स्थानीय विष्णु पादुका क्लबका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

क्लबको आयोजनामा गत चैत २६ देखि वैशाख ३ गतेसम्म चलेको आलु महोत्सवमा आलुलगायत ताजा तरकारीको वहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकी प्रस्तुत गरिएको थियो ।

किसानलाई लक्ष्य गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउबीजन, कृषियन्त्र, उपकरण आदिको प्रदर्शनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुति, किसान सम्मानलगायतका कार्यक्रम पनि राखिएको थियो । कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवले यस वर्षदेखि पुनः निरन्तरता पाएको हो ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?