Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी


९ वैशाख ,रामपुर (पाल्पा) । रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड ८७ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र रु ६८ लाख २२ हजार सात सय १५ बराबरको खर्च रहेको जानकारी गराइएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी सङ्घले मेलाको आम्दानी र खर्चको विवारण सार्वजनिक गरेको हो । सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट रु ४० लाख ५२ हजार दुई सय ३५ वचत भएको बताए ।

प्रवेश टिकट बिक्रीबाट रु ४६ लाख ४७ हजार पाँच सय ८०, विशेष टिकट बिक्रीबाट रु ३८ हजार दुई सय ५०, स्टल तथा होटलबाट रु ४१ लाख पाँच हजार, प्रायोजक तथा सहप्रयोजकबाट रु आठ लाख ३६ हजार पाँच सय ५०, भलिबल खेलबाट रु २६ हजार चार सय, कृषि ज्ञान केन्द्र पाल्पाबाट रु ७१ हजार एक सय ७०, रामपुर नगरपालिकाबाट रु १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट रु ५०/५० हजार गरी रु एक करोड आठ लाख ७४ हजार नौ सय ५० आम्दानी भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको छ । मेलाबाट वचत भएको रकम सङ्घको भवन निर्माण, व्यवस्थितरुपमा कार्यालय सञ्चालन र सङ्घका सदस्यको क्षमता अभिवृद्धिका लागि खर्च गरिने वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको र लेखापरीक्षणपश्चात् मात्रै खर्च सार्वजनिक गरिएको छ । रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?