Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी


९ वैशाख ,रामपुर (पाल्पा) । रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड ८७ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र रु ६८ लाख २२ हजार सात सय १५ बराबरको खर्च रहेको जानकारी गराइएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी सङ्घले मेलाको आम्दानी र खर्चको विवारण सार्वजनिक गरेको हो । सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट रु ४० लाख ५२ हजार दुई सय ३५ वचत भएको बताए ।

प्रवेश टिकट बिक्रीबाट रु ४६ लाख ४७ हजार पाँच सय ८०, विशेष टिकट बिक्रीबाट रु ३८ हजार दुई सय ५०, स्टल तथा होटलबाट रु ४१ लाख पाँच हजार, प्रायोजक तथा सहप्रयोजकबाट रु आठ लाख ३६ हजार पाँच सय ५०, भलिबल खेलबाट रु २६ हजार चार सय, कृषि ज्ञान केन्द्र पाल्पाबाट रु ७१ हजार एक सय ७०, रामपुर नगरपालिकाबाट रु १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट रु ५०/५० हजार गरी रु एक करोड आठ लाख ७४ हजार नौ सय ५० आम्दानी भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको छ । मेलाबाट वचत भएको रकम सङ्घको भवन निर्माण, व्यवस्थितरुपमा कार्यालय सञ्चालन र सङ्घका सदस्यको क्षमता अभिवृद्धिका लागि खर्च गरिने वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको र लेखापरीक्षणपश्चात् मात्रै खर्च सार्वजनिक गरिएको छ । रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?