काठमाडौँ। सागर डिष्टिलरी लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ।
कम्पनीले कुल १ लाख ४५ हजार २०० कित्ता सेयर प्रतिशेयर रु.१०० अंकित मूल्यमा बिक्री गर्दैछ। आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार