Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण


८ वैशाख, काठमाडाैँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

परिसङ्घ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्थान गरी दुवै पक्षलाई लाभ हुने गरी समझदारी हुन लागेकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गरे ।

सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिकरुपमा उत्थान गर्न देशमा नै उपलब्ध सीप तथा पुँजी परिचालन गर्दै नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोग गर्नुपर्ने, सङ्घीय सरकारले निर्धारण गर्ने कार्यक्रम निजी क्षेत्र मैत्री र उपभोक्तालाई अत्यधिक लाभ हुने गरी आउनुपर्ने तथा मिश्रित ऊर्जाको अवधारणा तथा साना तथा घरेलु उद्योग, कृषिका लागि पनि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन परिसङ्घको तर्फबाट सुझाव प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?