Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ आए


काठमाडौँ। संघीय सरकारले बागमती प्रदेशका पाँच जना सचिवको एकैपटक सरुवा गरेको छ। २६ साउनको मन्त्रिपरिषद् बैठकमा ७२ सहसचिवको सरुवासँगै बागमतीका पाँच सचिवको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवामा आर्थिक मामिला तथा योजना सचिव कृष्णप्रसाद मैनाली सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्। भौतिक पूर्वाधार विकास सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपाद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सामाजिक विकास सचिव बिनु बज्राचार्य कुँवर गृह मन्त्रालयमा, मुख्यमन्त्री कार्यालय सचिव उदयबहादुर रानामगर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र खानेपानी ऊर्जा तथा सिचाइँ सचिव मोहनकुमार शाक्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा सरुवा भएका छन्।

यससँगै, बागमतीमा चार नयाँ सचिव आएका छन्।  कर्णालीको मुख्यमन्त्री कार्यालयका इन्द्रदेव भट्ट , त्यहाँकै भौतिक पूर्वाधार मन्त्रीालयका ईश्वरचन्द्र मरहठ्ठा, काठमाडौंको मध्यमस्तरीय करदाता कार्यालयकी पार्वती शर्मा र लुम्बिनीको युवा तथा खेलकुद मन्त्रालयका बलराम ढकालको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो।

प्रदेश सचिवको  यस सरुवाले नयाँ प्रशासनिक संरचना ल्याउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?