Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ आए


काठमाडौँ। संघीय सरकारले बागमती प्रदेशका पाँच जना सचिवको एकैपटक सरुवा गरेको छ। २६ साउनको मन्त्रिपरिषद् बैठकमा ७२ सहसचिवको सरुवासँगै बागमतीका पाँच सचिवको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवामा आर्थिक मामिला तथा योजना सचिव कृष्णप्रसाद मैनाली सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्। भौतिक पूर्वाधार विकास सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपाद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सामाजिक विकास सचिव बिनु बज्राचार्य कुँवर गृह मन्त्रालयमा, मुख्यमन्त्री कार्यालय सचिव उदयबहादुर रानामगर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र खानेपानी ऊर्जा तथा सिचाइँ सचिव मोहनकुमार शाक्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा सरुवा भएका छन्।

यससँगै, बागमतीमा चार नयाँ सचिव आएका छन्।  कर्णालीको मुख्यमन्त्री कार्यालयका इन्द्रदेव भट्ट , त्यहाँकै भौतिक पूर्वाधार मन्त्रीालयका ईश्वरचन्द्र मरहठ्ठा, काठमाडौंको मध्यमस्तरीय करदाता कार्यालयकी पार्वती शर्मा र लुम्बिनीको युवा तथा खेलकुद मन्त्रालयका बलराम ढकालको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो।

प्रदेश सचिवको  यस सरुवाले नयाँ प्रशासनिक संरचना ल्याउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?