Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथमा लिएर हिड्न सरकार तयार छः उर्जामन्त्री


काठमाडौँ। उर्जामन्त्री दीपक खड्काले प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथ लिएर हिँड्न सरकार तयार रहेको बताएका छन् ।

राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलविद्युत क्षेत्रका पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि बढाउन तयार रहेको बताएका छन् । मन्त्री खड्काकाअनुसार विद्युत् उत्पादन क्षमता हेरेर प्रशारण लाइन निर्माणमा लाग्नुपर्छ । कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत प्रशारण लाइन निर्माण गर्नुपर्ने बताउँदै उनले जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्ने बताए।

मन्त्री खड्काले जलविद्युत उत्पादन गर्दै गर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरेका छन्। मन्त्री खड्काकाअनुसार भारत–चीन दुई छिमेकी मुलुकबाट ऊर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्छ । विद्युत्को माग दिनानुदिन बढ्दै गएको छ, अब उत्पादन बढाउन लाग्नुपर्छ ।

उर्जामन्त्री खड्काले भने,‘हाम्रो अर्थतन्त्रको अवस्था कस्तो छ, हामीले बुझेका छौं । अर्थतन्त्र भित्र रहेर ठूलो लगानी हुने यो क्षेत्रलाई कसरी सहजीकरण गर्न सकिन्छ । अर्थात यसका लागि कसरी वित्त व्यवस्थापन गर्न सकिन्छ भन्नेकुराको प्रष्ट रुपमा खाका तयार गरेर अगाडी बढेको अवस्था छ । हामीले त्यसै नीजि क्षेत्र भनेका छैनौं । निजी क्षेत्रको प्रगति, इच्छाशक्तिलाई हेरेर प्रमुख सहयोगीका रुपमा नीजि क्षेत्रलाई लिएका छौं । त्यसकारणले हामीले ट्रान्समिसन लाइनमा पनि ढिलासुस्ती नगरी निजी क्षेत्रलाई लगानी गराएर अघि बढ्दैछौं । लगानीको सुरक्षासँगै प्रतिफल प्राप्त हुन्छ की हुँदैन । त्यो महत्वपूर्ण रहने गरेको छ । त्यो प्रतिफलका लागि विद्युत नियमन आयोगले प्रष्ट खाका तयार पारिसकेको छ । त्यसैले हामीले हाम्रो विकासको लक्ष्यलाई पहिचान गर्दै गर्दा हाम्रो वातावरणीय असर के हुन्छ, यसको संरक्षण के गर्न सकिन्छ, विपद्को सामना कसरी गर्ने, वातवरणिय असरलाई न्युनिकरण कसरी गर्ने भन्नेकुरालाई ख्यान गर्नुपर्छ । यस कार्यलाई सफल गराउन सबैको भुमिका हुन जरुरी छ ।’

ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई लिएको बताउँदै दश वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको बताउदै मन्त्रि खड्काले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जा क्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको स्पष्ट पारेका छन् । सरकार ऊर्जा क्षेत्रलाई तिब्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाइ थियो ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?